तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजना गर्न लागिरहेको “सातौं तिलिचो कप” फुटबल प्रतियोगिताको खेल तालिका (Tie-sheet) सर्वाजनिक गरेको छ ।

प्रतियोगितामा २७ टिमको खेल तालिका (Tie-sheet) आईतबार निक ट्राभलको हलमा सर्वाजनिक गरेका मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिनुभयो ।

प्रतियोगितामा फुटबल टिम दर्ता शुल्क ४ लाख वोन्, प्रतियोगितामा प्रथम हुने टिमले ३० लाख वोन् र दोस्रोले १८ लाख पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने समेत अध्यक्ष लामाले बताए ।

उक्त प्रतियोगिता बिगतको दिनहरूमा हुदै आएको दोङ्गदुछनको फुटबल मैदान (경기도 동두천시 어등로45 동두천 종합운동장) मा हुनेछ ।

उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कोरियामा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनीहरू तथा नेपाली संघ–संस्थाहरूलाइ उपस्थितीका लागि आयोजक संस्थाले अपिलसमेत गरेका छन् ।

Comments

comments