तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा आयोजित “सातौं तिलिचो कप फुटबल प्रतियोगिता”को उपाधी ग्रीनसिटी इलामले जितेको छ ।

प्रतियोगितामा मोक्फो एफ.सी. फस्ट रनरअप भएको प्रतियोगितामा २७  टिम सहभागी रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा इलाम एफ.सी.का सुरज बुढाथोकी, उत्कृष्ट डिफेन्डरमा इलाम एफ.सी.का विशाल लिम्बु, उत्कृष्ट मिडफिल्डरमा इलाम एफ.सी.का राज थापा, सबैभन्दा बढी गोल गर्ने खेलाडीमा मोक्फो एफ.सी.का जेट्ली राइ र उत्कृष्ट खेलाडीमा मोक्फो एफ.सी.का सबिन विडारी भएका थिए ।

प्रतियोगितामा जितसगैं प्रथम टिमले ३० लाख वोन् र दोस्रोले १८ लाख पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको छ ।

प्रतियोगिताको पुरस्कार प्रमुख अतिथि नागर्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा र विशेष अतिथि फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो तमुले वितारण गरेको मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिनुभयो । खेल शान्त र अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको समेत बताउनुभयो ।

प्रतियोगिता दोङ्गदुछनको फुटबल मैदान (경기도 동두천시 어등로45 동두천 종합운동장) मा १२ तारिख (१ दिन) का दिन प्रतियोगिता सम्पन्न भएको हो ।

Comments

comments