अशोक बुद्ध लामा
रोशी । हिन्दु नेपालीहरुको महान चाड वडादशैको अवसरमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ मा खुल्ला बृहत रोशी फूटबल कप प्रतियोगिता हुने भएको छ ।  रोशी गाउापालिका वडा नं ११ कालढुंगामा स्थापना भाएको पञ्चबुद्ध युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता आगामी असोज २२ गते उद्घाटन् हुने आयोजक क्लबका अध्यक्ष अजय बुद्ध लामाले तेमाल अनलाईनलाई बताए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ पञ्चबुद्ध क्लबले पहिलोपटक फुटबलको आयोजना गर्न लागेको लामाले बताए ।
‘मुलुकको सर्वांगीन विकासमा खेलको अहाम भूमिका रहेकोले युवाहरुलाई खेलप्रति चासो र योगदान होस भन्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको हो ।’ अध्यक्ष लामाले भने, ‘त्यतिमात्र होइन युवाहरु खेलको माध्यमबाट नै स्वस्थ रहुन भन्ने उद्देश्यले फुटबलको आयोजना गरिएको हो । युवालाई खेलले अनुशासित पनि बनाउँछ ।’
टिमदर्ताको लागि आव्हान
क्लबले खेलमा सामेल हुन आव्हान गरेको छ । टिम दर्ता आगामी असोज १ गतेदेखि असोज २१ गतेभित्र गर्न अनुरोध गरेको छ । टिम दर्ताको लागि क्लबले १५ हजार रुपैयाँ नगद तोकिएको छ ।
गाउँपालिका अध्यक्षले उद्घाटन गर्ने
उक्त प्रतियोगिताको रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले गर्ने अध्यक्ष् लामाले बताए । ‘गाउँपालिका अध्यक्ष ज्यूले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।’ लामाले भने ।
पुरस्कार कति पाउँनेछ विजेताले ?
क्लबले प्रतियोगिताको पहिलो बिजेताले एक लाख ५० हजार रुपैयाँ नगद सहित शिल, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले ५० हजार नगद सहित शिल, मेडल र प्रमाण पत्र प्राप्त गरिने छ ।

Comments

comments