काठमाडौं । नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको बार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा विभिन्न २० जिल्लाका प्रतिनिधिहरु, टेक्निकल कमिटिका प्रतिनिधिहरु लगायत खेलाडीहरु सहभागि भएका थिए । गत भदौ २८ गते शनिबार सम्पन्न ब्ल्याक बेल्ट टेस्टमा सहभागि २५ जना खेलाडीहरुलाई पनि ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण गरेको थियो ।
मिस नेवाः नेपाल नितु डंगोल, फस्ट रनर अप संगिता महर्जन, मिस ट्यालेन्ट सुजिता श्रेष्ठ तथा मिस फ्रन्डशिप प्रदिका महर्जनको आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमको उद्घोषण पनि मिस नेवाः मिस चार्मिङ प्रजिता श्रेष्ठले गरेका थिए । संघका उपाध्यक्ष तथा नेप्लिज फेशन होमका अध्यक्ष हेमा मानन्धरद्वारा स्वागत मन्तव्य राखेका थिए ।
उक्त साधारण सभाबाट नेपाल चिफ अशोक कुमार श्रेष्ठको अध्यक्षतामा उपाध्यक्षमा हेमा मानन्धर, महा सचिव प्रवीण बस्नेत, सचिव राज के.सी., कोषाध्यक्ष निर्मल कर्मचार्य, सदस्यहरुमा क्रमशः रहदेव पोटे, राजेन्द्र थापा, विष्णु खड्का, विष्णु श्रेष्ठ, सृजना तामाङ, राजु तामाङ, निमेश उलक, सुन्दर प्रजापति समिति गठन गरेको छ ।

Comments

comments