तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)द्वारा महान चाड बडादशैंको अवसरमा बृहत दशैँ विशेष कार्यक्रम यही अक्टोबर ५ र ६ मा ग्वाङ्जुमा मनाउन गईरहेको छ ।
हिन्दुशास्रका अनुसार भगवति दुर्गामाताले राक्षसहरुमाथि विजय प्राप्त गरेको दशौँ दिन अर्थात् असत्यमाथि सत्यको विजय भएको यो महान पर्वको पावन अवसरमा कोरियामा रहेका सम्पूर्ण नेपाली विधार्थीहरुको साझा समाज नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)द्वारा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम दुई दिन सम्म रहने कार्यक्रममा पहिलो दिन नेपाल र नेपालीलाई माया र सहयोग गर्ने बिभिन्न कोरियन तथा नेपाली स-संस्थाका प्रतिनिधिको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रमसँगै नेपाली खानाको स्वादको रात्री भोजन रहने छ ।
कार्यक्रमको विशेष रुप दिन सोनसिकको १५ औं कार्यसमितिलाई सम्मान तथा विदाई र मनोञ्जनात्मक विबिध सांस्कृतिक कार्यक्रम रहने सस्थाको सांस्कृतिक बिभाग संयोजक टोंकिंग बास्तोलाले बताउनु भयो ।
कार्यक्रमको दोस्रो दिन एसिया सांस्कृतिक केन्द्र (ACC) र छोसन विश्वविद्यालयको भ्रमणसँगै दिवा भोजनका साथमा  एकआपसमा विजया दशमीको शुभकामना आदानप्रदान गरिने संस्थाका सभापति प्रकाश देवकोटा बताउनु भयो ।
साथै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमका संयोजक तथा सोनसिकका कोषाध्यक्ष राजाराम श्रेष्ठले जानकारी दिनुभयो । कोरियावासी नेपालीहरूलाइ कार्यक्रममा सहभागि भै कार्यक्रम सफल परिदिनुसमेत कोषाध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।