अशोक बुद्ध लामा
रोशी । नेपालीहरुको महान चाड वडादशैको अवसरमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ मा खुल्ला बृहत रोशी फूटबल कप प्रतियोगिताको आजबाट शुरु हुनेभएको छ ।
रोशी गाउापालिका वडा नं ११ कालढुंगामा स्थापना भाएको पञ्चबुद्ध युवा क्लबको आयोजनामा पंचकन्य युवा क्लबको समन्वयमा उक्त प्रतियोगिता हुन लागेको हो ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ पञ्चबुद्ध क्लबले पहिलोपटक फुटबलको आयोजना गर्न लागेको क्लबका अध्यक्ष अजयबुद्ध लामाले बताए । ‘मुलुकको सर्वांगीन विकासमा खेलको अहाम भूमिका रहेकोले युवाहरुलाई खेलप्रति चासो र योगदान होस भन्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको हो ।’ अध्यक्ष लामाले भने, ‘त्यतिमात्र होइन युवाहरु खेलको माध्यमबाट नै स्वस्थ रहुन भन्ने उद्देश्यले फुटबलको आयोजना गरिएको हो । युवालाई खेलले अनुशासित पनि बनाउँछ ।’
खेलको गाउँपालिका अध्यक्षले उद्घाटन गर्ने उक्त प्रतियोगिताको रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले गर्ने अध्यक्ष् लामाले बताए । ‘गाउँपालिका अध्यक्ष ज्यूले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।’ लामाले भने ।

Comments

comments