पंचकन्या युवा क्लब रोशी १०(वाल्टिङ) को समन्वय र पंचबुुद्द युवा क्लब रोशी ११(काल्ढुंगा) को अायरोशीमा जिल्लामै सबैभन्दा बढी पुरस्कार धनराशि भएको बृहत रोशी गोल्ड कपको अाजको खेलमा घाङनाम्सा च्याम्पियन नमोबुद्द ब्वाइज र कनापुर फुटबल क्लबलाई घाङनाम्सा च्याम्पियन नमोबुद्द ब्वाइजले 3-1 गोलअन्तरले जित हासिल गरेको छ ।
गिम्दी युवा क्लब र ब्रदर्स स्क्वायर(पिन्थली) बिच भएको खेलमा ब्रदर्स स्क्वायर(पिन्थली) ले गिम्दी युवा क्लबलाई 2-0 गोलअन्तरले जित हासिल गरेको छ ।
नमोबुद्द र थोक्रेबीच भएको खेलमा 3-1 गोलअन्तरले नमोबुद्द युवा क्लबले जित हासिल गरेको छ ।
सेबेन स्टार युवा क्लब(गिम्दी) र काल्धार युवा क्लब(काल्दार) बीचको खेल पेनाल्टी सुटअाउटमा पुगेको र पेनाल्टी सुटअाउटमा काल्दार युवा क्लबले जित हासिल गरेको छ ।
पिन्थली फुटबल टिम र कुशेश्वर युवा क्लब बिच भएको खेलमा पिन्थली फुटबल टिमले ३-१ गोलअन्तरले जित हासिल गरेको छ ।
अायोजक टिम पंचबुद्द युवा क्लब र मेच्छे फुटबल टिम(मेच्छे) बिच भएको खेल पेनाल्टी सुटअाउटमा पुगेर पेनाल्टीमा मेच्छे फुटबल टिमले अायोजक टिमलाई पराजित गरेको छ । प्रतियोगिताको फाइनल २७ गते राष्ट्रिय कलाकारहरुको संस्कृतिक प्रस्तुतिको साथमा रोशी गाउँपालिका अध्यक्ष डि.बी लामाको प्रमुख अातित्थ्यमा हुने आयोजकले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























