काभ्रे । प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ५ मा निर्माण भएको कामिडाँडा नागपोखरी खेलमैदान र फूटवल प्रतियोगिताको उद्घाटन् गरेका छन् । वडा दशैंको उपलक्ष्यमा खुल्ला नकआउट फुटबल प्रतियोगिता कामीडाँडा रुपान्तरण तथा संरक्षण केन्द्रले आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले हरेक निर्माण कार्य जस्तै खेलकुद क्षेत्रमा पनि आमूल परिवर्तन गर्न ३ नम्बर प्रदेश सरकार अघि बढेको बताउँदै कम्युनिस्ट नेतृत्वको सरकारले बिकास निर्माणमा क्रान्ति ल्याउने दाबी गरे ।
‘हिजो हामी बन्दुक र बिचारको लडाइँमा थियौं, आज जनताको जनमुखी काम गर्न बिकासको लडाइँमा छौ, अब हामी यो चाहन्छौं कि बिकास निर्माणमा क्रान्ती ल्याउनेछौं ।’ मन्त्री दुलाले भने, ‘अरु विकास निर्माण जस्तै खेलकुद क्षेत्रमा पनि आमूल परिवर्तन गर्न ३ नम्बर प्रदेश योजनाका साथ अघि बढीरहेको छ । यसका लागि हामी सबै एकजुट हुन अबश्याक छ ।’
कार्यक्रममा मन्त्री दुलाललाई आयोजक सस्थाका अध्यक्ष मर्दन सिं तामाङ (पेमा)ले खेलमैदानको थप बिकासको लागि पेश गरेका थिए । अध्यक्ष तामाङले राखेको प्रस्तावमा आफू सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

नवनिर्मित कामीडाँडा नागपोखरी खेलमैदान निर्माणका लागि गत आर्थिक वर्ष प्रदेश सरकारबाट रु.५० लाख बजेट बिनियोजन गरेको थियो ।
कार्यक्रममा पुर्व राज्यमन्त्री सुर्यमान दोङ, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, संविधानसभा सदस्य रामहरि सुवेदी, नेकपा युवा नेता इन्द्रबहादुर थिङ(छिन्ताङ), पनौती नगर पालिकाका मेयर भिम न्यौपाने, खानीखोला गाउँपलिकाको अध्यक्ष कृष्णबहादुर खुलाल लगायतका उपस्थितति रहेका थिए ।
खानीखोलाले पहिलो खेलमा जीत हासिल
शनिबार सुरु खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खानीखोला गाउँपालिकाले शिव दर्शन युवा क्लब तावारीलाई १–० ले पराजित गर्दै जितको शुरूवात गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।