चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा विभिन्न मौलिक परिकारले सत्कार गरिएको छ ।
सुरुवाती खानाका रूपमा बारा, मःम, लुक्लाको सिमी र साँधेको भटमास राखिएको थियो । त्यस्तै, कुरिलो र क्वाँटीको सुप पनि व्यवस्था गरिएको थियो ।
मुख्य मेनुमा भने डबल रोस्ट्रेड ल्याम्ब चप, नर्वेजियन सलमोन, प्यान फ्राइड नुडल्सलगायत चिनियाँ र युरोपियन परिकार राखिएको थियो । खानापछि इलामको चिया र गुल्मीको कफी व्यवस्था गरिएको थियो । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























