भक्तपुर ।‘बुद्ध नेपालमा जन्मेका हुन् ।’भन्ने नाराका साथ सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङतानको सहयोगार्थ बृहत ल्होछार साँस्कृतिक धमाका २०७४ को सम्पुर्ण तयारी पूरा भएको छ ।
भक्तपुरको सुर्यविनायक स्थित अजिमा पार्टी प्यालेसमा भोली फागुन २६ गते शनिबार बिहान १० बजेबाट सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक तथा कलाकार विकु थोकरले बताउनुभयो ।
थोकर फिल्म प्रा.लिको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा शान्तिको अग्रदुत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश बिश्व समु पु¥याउन लागिपर्नु भएकी शिर्मिला स्याङतानको सहयोगार्थ कार्यक्रम अयोजना गर्न लागिएको हो ।
कार्यक्रममा तामाङ समुदायका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विशेष उपस्थिति रहने कार्यक्रम संयोजक थोकरले तेमाल अललाईनलाई जानकारी दिनुभयो ।थोकरका अनुसार विश्व समुदाय माझ नेपालीको गौरभ गौतम बुद्धको प्रचारार्थ तामाङ दायकी दोस्री सगरमाथा आरोहीका रुपमा शर्मिला शिखर चुम्नकालागि पर्नु भएको छ उहाँ र आफ्नो समुदायको गौरभका लागि पनि आफुहरुले उहाँको सहयोगार्थ आर्थिक कलन साथै भाईचारा एवं आत्मीयता बाँड्न कार्यक्रम गर्न लागेको बताउनुभयो ।
शर्मिलालाई सहयोगका लागि आयोजित कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताउँदै संचार सँयोजक सुदिन लामाले उहाँलाई विभिन्न देशमा रहेका नेपाली दाजुभईहरुले पनि सहयोग गर्दै आई रहनु भएको बताउनुभयो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























