नेपालगञ्ज । नेपालगन्ज उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा मगर सातौं एशिया प्रशान्त अर्वन फोरममा भाग लिन आइतबार मलेसिया तर्फ प्रस्थान गरेकीछिन् । मलेसियाको पेनङ्ग सहरमा अक्टुबर १४ देखि १७ सम्म आयोजना हुने सातौं एशिया प्रशान्त अर्वन फोरममा नेपालको तर्फवाट भाग लिनको लागि त्यस तर्फ प्रस्थान गरेकी हुन् ।
एशिया क्षेत्रका साझेदारहरूलाई परिचालन गर्न एशियाभरिका शहरहरूको दिगो भविष्य प्राप्त गर्न र कार्यन्वयनको गतिलाई जोड दिने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । एशिया प्रशान्त अर्वन फोरम आयोजना भएदेखि प्रत्येक ५।५ वर्षमा हुने यस फोरम शहरी सरोकारवालाहरूको सवै भन्दा ठुलो क्षेत्रीय भेला हुने छ । भेलाले भविष्यको शहर रिपोर्ट चार प्रमुख विकास चुनौतिहरू प्राकृतिक स्रोत ब्यवस्थापन, जलवायु परिवर्तन, प्रकोप जोखिम र बढ्दो असमानताको लागि चार वटा महत्व विषयमा केन्द्रित रहेर छलफल गर्ने छ ।
कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका जनप्रतिनिधि,कर्मचारी, नागरिक समाज र संघ संस्थाको सहभागिता रहने छ भने नेपालवाट यस कार्यक्रममा उप प्रमुख उमा थापा सहित १६ जनाले भाग लिने छन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।