तस्बीरः समाचारपत्र
पाँचखाल । काभ्रे जिल्लाको कृषि नगरी भनेर चिनिने पाँचखालमा दोस्रो पाँचखाल महोत्सव–२०७६ आजबाट शुरु भएको छ । महोत्सवको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रमका बीच गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले पाँचखाल कृषि र औद्योगिक क्षेत्रका रुपमा अगाडी बढेको स्पष्ट पारे । ‘पाँचखालमा यस्ता मेलाहरुको सम्भावना भोलीका दिनमा अझै बढ्नेछ ।’ मन्त्री बाँस्कोटाले भने, ‘पाँचखाल कृषि र औद्योगिक क्षेत्रका रुपमा अगाडी बढेको छ, बढ्छ ।’

बाँस्कोटाले अन्तर्राष्ट्रिय कनेक्टिभिटीका रुपले पनि पाँचखाल महत्वपुर्ण नाका रहेको बताउदै विशाल सम्भावनालाइ क्रमशः अगाडी बढाईरहेको बताए ।

९ दिनसम्म चल्ने महोत्सवमा ८५ वटा स्टलहरु रहेका छन् । पाँचखालबासीले उत्पादन गरेको स्थानीय बस्तुदेखि अत्याधुनिक बस्तुहरु समेत प्रदर्शनीमा राखेको छ ।
महोत्सवमा बालबालिका देखि बृद्ध–बृद्धासम्मका लागि मनोरञ्जन दिलाउन विभिन्न खेलहरुको व्यवस्था समेत गरेको छ ।

कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल, पाँचखल नगरपालिकाका प्रमुख महेश खरेल लगायतले मन्तव्य राखेका थिए ।
दनुवार समुदायको साँस्कृति झल्किने बस्तुको प्रदर्शनी
महोत्सबमा दनुवार समुदायमा आफ्ना पुर्खाहरुले प्रयोग गरेका सामानहरुको समेत प्रर्दशन गरेका छन् । महोत्सवमा दनुवार जातीको पुर्खाले प्रयोग गर्ने प्रकृतिको घर, माछा मार्न प्रयोग गर्ने विभिन्न सामाग्री, कृषि पेशामा प्रयोग गर्ने सामग्री लगायतका बस्तुहरुको प्रर्दशनी रहेको छ ।

उद्घाटन कार्यक्रममा ऐतिहासिक हिले नाँच, दनुवार जातीको आफ्नो कला सँस्कृति झल्काउने नाँच, नेवार समुदायको सँस्कृति झल्काउने नाच तथा कलाहरु प्रस्तुत गरिएको थियो ।

Comments

comments