चरिकोट । दोलखामा नेपाल टेलिकम अन्तर्गत करिब साँढे १ लाख मोबाइल प्रयोगकर्ता रहेका छन् । जिल्लामा नेपाल टेलिकम अन्तर्गत नमस्तेको १ लाख भन्दा बढी र सिडिएमएको करिब २० हजार गरी करिब साँढे १ लाख मोबाइल प्रयोगकर्ता रहेको नेपाल टेलिकम दोलखा शाखाले जनाएको छ ।
जिल्लाभरी २ हजार १ सय ४ लाईन क्षमताको ल्याण्डलाईन फोन भएपनि १ हजार ९ सय ल्याण्डलाईन टेलिफोन चलिरहेको छ । एनटिसिका एडीएसएल इन्टरनेट प्रयोगकर्ता ९ सय ८१, वाईम्याक्स प्रयोगकर्ता करिब २ सय र फाईबर लिँक चलाउने ३० जना छन् ।
बिटिएस तथा रिपिटर स्टेसनहरु ३० स्थानमा
यस्तै चरिकोटमा १ हजार, दोलखा बजारमा ९६, मैनापोखरीमा १ सय ४२, जिरीमा ५ सय, सिंगटीमा १ सय ४२ , गोंगरमा ९६, बाघखोरमा १ सय २८, हाटडाँडा र जिरीमा ९६ जना ल्याण्डलाईन प्रयोगकर्ताहरु रहेको नेपाल टेलिकम चरिकोट शाखाका प्रमुख धर्मराज महर्जनले जानकारी दिनुभयो । जिरी र हाडँडाडामा एम्सन र अन्य स्थानमा एमएसएजी प्रविधिको ल्याण्डलाइन प्रयोग गरिएको छ ।
उहाँका अनुसार जिल्लाभर नेपाल टेलिकाको मोबाइल बिटिएस तथा रिपिटर स्टेसनहरु अर्थात् टावर ३० स्थानमा रहेका छन् । टेलिकमले जिरीको एक्ले चौर, खोपाँचागु, गोंगर, नाम्दु, सुन्द्रावती, मार्बु, कालिञ्चोक, मैनापोखरी, खारे, दुधपोखरी, डाँडाखर्क, विगु डाँडा र बेदिङमा टावर निर्माण गरेको छ ।
चरिकोटस्थित चरिघ्याङमा फोरजी सेवा बिस्तार
यसैगरी श्यामा, घ्याङसुकाठोकर, सिंगटि, चरिकोट, लामाबगर, हनुमन्ते, दोलखा बजार, चरिघ्याङ, सहरे, भैँसेडाँडा, देउराली र बोचमा पनि टावर राखिएको छ । टेलिकमले फोरजी सेवा बिस्तारका लागि चरिकोटस्थित चरिघ्याङमा थप उपकरण जडान गरेको छ ।
टेलिकम प्रमुख महर्जनका अनुसार महिनामा ल्याण्डलाइन प्रयोगकर्ता र एडिएसलको ग्राहक १५ देखि २० जना थपिने गरेका छन् । यस्तै महिनामा सरदर १ सय ३० जना मोबाइल प्रयोगकर्ताहरुले नयाँ सिमकार्ड लिने र त्यसमा १५ जना सिडिएमए प्रयोगकर्ता हुने टेलिकमले जनाएको छ ।

Comments

comments