नेपाल टेलिकमले नेपालीको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी।एलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत निरन्तरता दिइएको छ ।
आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ । यस योजनामा ५०, सय र २ सयको रिचार्जमा १० प्रतिशत, पाँच सय र हजारको रिचार्जमा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।
त्यसैगरी एमपोसमा १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र पाँच सयदेखि माथि रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस तीन दिनसम्मका लागि हुनेछ ।अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।