तिहार हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व हो। यसको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो। देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन्। टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो।
नाच्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको शुभकामना दिँदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर पैसा दिन्छन्, मिठामिठा परिकार दिन्छन् भनी खूब फुक्र्याइन्छ। त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको। आपत पर्यो बलि राजालाई, सहयोग माग्न आएको पनि भन्ने गरिन्छ।
को थिए ती बलि राजा रु कुन मुलुकका र के सङ्कट पर्यो रु के नेपालमा गणतन्त्र आउँदा राजा ज्ञानेन्द्रलाई आपत परी नार्गाजुनको बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई रु कुन जुगका थिए ती रु कि जहिले पनि तिनले पठाएको भनेर पैसा मागिन्छ रु यहाँ बलि राजाको प्रसङ्ग उल्लेख गरिएको छ।
पुराण कथाहरूमा अत्यन्त दानी व्यक्तिका रूपमा बलि राजाको नाम प्रसिद्ध छ। जसले जे माग्यो, त्यही दिने अति उदार स्वाभावले गर्दा उनको तीन लोकको राज्य नै उड्यो र पातालमा विस्थापित भए। अति गरे खति हुन्छ नेपाली उखान छ। दृष्टान्तमा संस्कृत कविले भनेका छन्:
अति रूपाद्धृता सीतातिगर्वाद्रावणो हतः अति दानात् बलिर्बद्धो हृयति सर्वत्र बर्जयेत्। ९अति सुन्दरी भएकीले सीताको हरण भयो, अति घमण्डी हुनाले रावण मारियो, अति दानी हुनाले बलि बन्धनमा परे, त्यसैले कुनै कुरामा पनि अति नगर्नु ।
राष्ट्रको अति शोषण, गरिब वर्गको अति उपेक्षा लोकतन्त्र न्याय र अधिकार निम्ति आन्दोलन गर्ने जनताको अति दमनको कारणले तीन चार हजार वर्ष पुरानो नेपालको राजतन्त्र परम्परा भर्खरै समाप्त भएको विश्वले देख्यो।
देव, दानव, असुर मूलतः एउटै पुर्खाका शाखा सन्तान थिए। टाढाटाढासम्म फैलिदै भएपछि जमिन, जड्ढल, पानी पशु आदि कारणले परस्पर विरोध बढ्दै र एउटा पक्षले अर्को पक्षमाथि आक्रमण गरी गाईवस्तुदेखि, गाउँ वस्ती र राज्यसमेत कब्जा गर्ने होड बढ्दै गयो। कहिले समुद्र मन्थन जस्ता साझा उत्पादनका कुरा देवपक्षले लुट्थ्यो, कहिले देवपक्षको सम्पत्ति र स्वर्ग असुर पक्षले कब्जा गथ्र्यो। यस्तै प्रतिस्पर्धामा दानव कुलका शक्तिशाली राजा बलिले इन्द्रको स्वर्ग कब्जा गरे। साधन सम्पन्न, शीतल, समृद्ध, सुखी र स्वस्थ, दीर्घायु हुने र प्रशस्त सुन पाइने ठाउँहरूलाई त्यसताक स्वर्ग, सुरलोक, वैकुण्ठ आदि भनिन्थ्यो। सुमेरु, ९पामीर० तियान सियान, त्रिविष्टप ९तिब्बत० कास्मिर, सिरिया आदि थुप्रै ‘स्वर्ग’ थिए। राजा बलिले त्यस्तै महत्त्वका तीन लोक जितेका थिए।
बलि पुराण प्रसिद्ध दानव राज हिरण्य कसिपुका पनाति, प्रहृलादका नाति, विरोचन र सुरुचिका छोरा थिए। धेरै राज्य जितेपछि उनी अनेक यज्ञ, दान धर्मकर्मतिर लागेर क्रमशः महादानीको रूपमा चर्चित हुँदै गए। उनको ख्याति देखेर देवपक्षलाई असहृय हुन थाल्यो। बलिको लोकप्रियता, सैन्य शक्ति धन आदि देखेर उनलाई युद्धबाट हराएर आआफ्ना राज्य खोस्ने आँट देवपक्षले गर्न सकेन र षड्यन्त्रद्वारा परास्त गर्ने योजना बनायो। इन्द्रका भाइ उपेन्द्र अर्थात् विष्णु त्यस्ता काम फत्ते गर्न खुब चतुर थिए, इन्द्रले गुहार मागेपछि विष्णुले षड्यन्त्रका तानाबाना बुने।
भागवत ९८–१८० अनुसार नर्मदा नदीका उत्तर किनारको भृगुकच्छ भन्ने ठाउँमा भृगुवंशी ब्राहृमणहरूको बीचमा बलि राजाले अश्वमेध आदि अनेक ठूलठूला यज्ञ गर्दै थिए। दानदातव्यको लहर चलेको थियो। दैत्य गुरु शुक्रचार्य प्रमुख निर्देशक थिए। त्यसै बेला एउटा पुड्के जोगी वामनको भेषमा ९विष्णु० त्यहाँ पुगेर बलिको ठूलो प्रशंसा गर्न थाले। बलिले भने तपाईं यस यज्ञमा मबाट के चाहनु हुन्छ रु वामनले भने म सानो कुरा माग्छु, पक्का दिन्छु भन्ने वाचा गर्नुहोस्।
कुटनीतिज्ञ शुक्रले यो विष्णुको छल हो भन्ने बुझेर त्यस्तो वाचा नगर्न सल्लाह दिए। तर, बलिले आफ्नो स्वभाव अनुसार शुक्रको कुरा नसुनी वामनले मागेको दिने वाचा गरे। वामनले बलिको खुब प्रशंसा गर्दै भने तपाईं विख्यात विष्णु भक्त प्रहृलादका नाति हुनुहुन्छ। तपाईंका पिता विरोचन, ठूला ब्राहृमण भक्त हुनुहुन्थ्यो। उहाँले देवताहरूले छल गरेर मागेको बुझेर पनि आफ्नो आयु उनीहरूलाई दिनुभयो। मलाई विश्वास छ मैले मागेको कुरामा तपाईंले आफ्नो वाचा पक्कै तोड्नु हुने छैन, ९भागवत०।
बलिले विष्णुको छल चिनेर पनि वाचा नतोड्ने वचन दिए। वामनले भने मलाई तपाईका स्वर्ग, मत्र्य र पाताल तीनवटै राज्य दिनुहोस्। किनभने तपाईं जस्ता महादानीका लागि यी तीन राज्य मामुली तीन पाइला जमिन जस्तै हुन्।
वाचा हारेका बलिले भने मैले यी तीन लोक तपाईंलाई दिएँ। अब म बस्ने आश्रयस्थल तपाईंले नै दिनुहोस् भनी खुट्टामा ढोगे। विष्णुले आफ्नो मूल रूप देखाउँदै भने अब तिमी रसातलमा गएर बस १ देवता पक्षबाट कुनै खतरा भएमा म तिम्रो रक्षा गरुँला। यसरी महादानी बलिको तीनै लोकको राज्य स्वाहा भयो। विष्णुको छलले भएभरको सब कुरा गुमाएर बलि राजा भिखारी भएको देख्दा उनको उद्धार राज्य व्यवस्थामा बसेका जनता ज्यादै दुखी भए ।
अनुश्रुति (दन्त्यकथा) भन्छ बलिको पुनर्वास व्यवस्था निम्ति सघाउन अनुमति लिएर हजारौं जनता चारैतिर छरिएर सबका घरघर पुगी सामूहिक स्वरमा सहयोग माग्न थाले।
भनभन साथी हो – देहि श्री, बलि राजाले पठाए – देहि श्री, स्वर मिलाई भन – देहि श्री, दानी राजाले पठाए – देहि श्री,
हामी त्यसै – देहि श्री, आपत पर्यो – देहि श्री, माग्न आएनौं – देहि श्री, सहयोग गरौं – देहि श्री, हामी कोही – देहि श्री, जुटेर आयौं – देहि श्री, स्वर्गबाट – देहि श्री, घुम्दै आयौं – देहि श्री, कोही हामी – देहि श्री।
जसले देला मानो – उसको सुनको छानो, जसले देला मुरी – उसको सुनको धुरी। हामीकोही – देहि श्री, सहयोग पायौं – भैलो मत्र्यलोकबाट – देही श्री, तपाईंको जय होस् – भैलो। यसरी विस्थापित बलिको सहयोग निम्ति – देहि श्री। ९धन दिनुहोस्० भन्दाभन्दै लोकलयमा ‘देउसिरे’ भयो।
उस बेला त्यसरी जम्मा गरेको धन बलि कहाँ पुर्याइए होला। पछि क्रमशः यो मनोरञ्जनको माध्यम भयो। मत्सेन्द्रनाथ जात्रामा भोटो देखाएजस्तो।
पौराणिक कथा कति यथार्थ हो, कति काल्पनिक, तर कुनै राजा, राष्ट्राध्यक्ष, नेता, मन्त्री असल, विवेकी जनताको हित र उन्नतिमा लागिरहन्छ भने ऊ असुर, दानव, देव मानव जुनसुकै वंशको भए पनि उसलाई चाहे सत्तामा होस्, चाहे बाहिर जनताले बलि राजालाई झैँ श्रद्धा, सम्मान र सहयोग गर्छन्। उसको कीर्ति युगयुग उज्यालो रहन्छ। यदि राजा नेता, मन्त्री स्वार्थी लोभी दमनकारी, जनघाती, देशमारा हुन्छन् भने सत्ताभित्र या बाहिर छँदा, बाँच्दा र मर्दा पनि उसलाई घृणाले थुकिरहन्छन्।
पुराण कथाले भन्छ देवपक्षमा विष्णुले बलिलाई छलेर राज्य हड्पेका भए पनि बलिराजाको असीमित सुख्यातिले गर्दा पछि स्वयं रसातल पुगी बलिको पूर्ण सुरक्षाको व्यवस्था गरेका थिए।
आधुनिक अनुसन्धाताहरूले स्वर्गलोक, मत्र्यलोक, पाताल, महापाताल आदिलाई पृथ्वीका विभिन्न भूभाग र द्वीपद्वीपान्तरका रूपमा समीकरण गर्दैछन्। सरदर पृथ्वीको कर्कट रेखा वरिपरिको भूभाग ९प्राचीन सभ्यता विकसित भएका ठाउँ० लाई स्वर्ग समतुल्य, भूमध्ये रेखावृत्तको गर्मी र कम उर्वर ठाउँ मत्र्य अपिका, अष्ट्रेलिया दक्षिण० अमेरिका आदिलाई पाताल रसातल, महापाताल आदि रूपमा परिभाषित गर्न खोज्दैछन्। अमरकोसले ‘बलिसद्म रसातलम्’ बलिको निवास रसातल हो० भनेको छ। त्यो ठाउँ दक्षिण अफ्रिका, अष्ट्रेलया या त्यसैको समकक्षी कुनै टापू हुन सक्छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























