सन्दीप के.सी.
नगर स्वास्थ्य प्रमुख , धुलिखेल नगरपालिका
वास्तवमा चिन्ता, भय वा डर मानिसको दैनिक जीवनमा देखा पर्नेनकारात्मक मानोभावनाहरू हुन् । केही हदसम्म मानिसको मनमा चिन्ता र डरहुनु आवश्यक पनि मानिन्छ । चिन्ता र डरका कारण विद्यार्थीले परीक्षाको तयारीगर्छन् । मानिसले स्वास्थ्य परीक्षण गराउँछन् ।चिन्ता त्यस्तो भावना हो, जुनकुनै अप्रिय घट्ना घट्दै छ भन्ने खतराकोपुर्व आभाससंग सम्बन्धित हुन्छ ।भोलि कतै जानु छ भने बाटोमा के गर्ने ? कतै दुर्घटना हुने त होइन ? जस्ता सोच बारम्बार आउनु चिन्ता हो ।
चिन्ता र डरमा केही अन्तर हुन्छ । डर भन्नाले कुनै खतराको सामना गर्नुपर्दा देखापर्ने प्रतिक्रिया हो भन्न सकिन्छ । यदि चिन्ता शरीरले थेग्ने भन्दा बढी र मानिसकोनियन्त्रण बाहिर गयो भने यसले  विकृति (एनजाइटी डिसअर्डर) नामकमानसिक रोगको रूप धारण गर्छ ।कुनै स्पष्ट कारण र घटनाबिना डर लागिरहने, मन आत्तिरहने, आशंकाले मन बेचैन हुने तथा शरीरका विभिन्न भागमा अप्ठरोमहसुस हुने अवस्था वा रोगलाई सामान्यीकृत चिन्ता विकृति भनिन्छ।  पैसा गन्दा गल्ती हुने तहोइन ? कोही लुट्न आए भने के गर्ने ? कतै कम्प्युटर बिग्रियो भने त सबैसुचना उढ्छ ? जस्ता चिन्ताहरुलाइ वा विकृतिलाई पहिला न्युरोसिस, साइकोन्युरोसिस तथा एनजाइटी रियाक्सन आदि भन्ने गरिन्थ्यो भने आजकल चिन्ताविकृति भन्ने गरिन्छ ।
यस किसिमको मानसिक रोगमा चिन्ताको स्तर निकै बढ्छ, यसले व्यक्तिको दैनिकसमायोजन कुप्रभावित हुन पुग्छ । सामान्यतया दुश्चिन्ता विकृति ६ प्रकारका हुन्छन् ।फोबिया, सामान्यीकृत चिन्ताविकृति, पैनिक डिसअर्डर, मनोग्रसित बाध्यताविकृति,  एक्युट डिसअर्डर, पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) ।
चिन्ता लागेको अवस्ठामा ब्यक्ति पिच्छे लक्षण फरक हुन्छन र चन्ताको कारण अन्सार पनि फरक लक्षण देखिने गर्दछ। प्रायः बेचैनी तथा तनावको अनुभव गर्नु तथाआत्तिरहनु , मुटु काँप्नु, ढुकढुकी बढ्नु, सास रोकिएजस्तो महसुस हुनु, सासछिटो छिटो चल्नु, बारम्बार पिसाब लाग्नु, चिट्चिट् पसिना आउनु , थकाइलाग्नु , मांसपेशीमा तनाव हुनु , टाउको दुःख्नु , मुख सुक्नु , बढी पसिनाआउनु , निद्रा नलाग्नु , डरलाग्दो सपना देख्नु, मनमा नकारात्मक विचार आउनु जस्ता लक्षण देखा पर्दछन।थकान, कमजोरी, पेट र छातीदुखाइ, जोर्नी दुखाइ आदिलक्षण पनि हुन सक्छन । जसले गर्दा यस रोगबाट पीडित व्यक्तिले शारीरिकरोग सम्झन पुग्छ र जस कारण उचित उपचार हुन सक्दैन ।चिन्ता विकृति महिलापुरुष दुवैमा देखा पर्छ। स्वास्थ्यको बारेमाधेरै चिन्ता लिने र स्वस्थ रहन शरीरको धेरै रेखदेख गर्ने मानिस भन्दास्वास्थ्यको बारेमा धेरै चिन्ता नगर्ने व्यक्ति स्वस्थ रहने गरेको अनुशन्धानहरुमा पाइएको छ।
स्वास्थ्यको चाहिने भन्दा धेरै चिन्ता गर्नु नै स्वास्थ्यको प्रमुखचुनौति रहेको पाइएको छ । चिन्ता कहिलेकाही रक्सी सेवन गर्नु वाकहिलेकाही चुरोट पिउनु भन्दा पनि हानिकारक हुने एक अनुसन्धानले बताएको छ ।तर प्रायः किशोरावस्थामा सुरु हुने यो रोगपुरुषको तुलनमा महिला र युवामा बढी देखापर्छ ।त्यसको बिपरित आनन्दीत जिवन जिउने तथा आनन्ददायक खानाले पाचन प्रणालीलाईबढाउनुका साथै छिट्टै बुढ्यौली देखिनबाट पनि बचाउँछ ।
चिन्ताको प्रमुख उपचार मनोविमर्श सेवा र जैविक चिकित्सा हो ।नेपालका प्रमुख सहरमा जैविक चिकित्सा सेवाउपलब्ध भए पनि मनोचिकित्सा सेवा भने शून्यप्रायः छ । तर, चिन्ता तथाडिप्रेसनजस्ता मानसिक रोगको उपचारमा साइकोथेरापीको ठूलो महत्व छ ।नकारात्मक र अतार्किक सोचले नै अधिकांश मानसिक रोग पैदा हुन्छन् । यस्तारोगबाट मुक्त हुनका लागि अतार्किक नकारात्मक सोच हटाएर तार्किक सकारात्मकसोच स्थापित गर्न जरुरी हुन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।