काभ्रे, । काभ्रेको नमोबुद्ध वडा नम्बर ८ तल्लो हटियामा आज मंगलबार एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
धारिलो हतियार प्रहार गरिएका ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपि जयराज सापकोटाले जानकारी दिए ।
क्षतबिक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरी चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो ।
घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ । घरमा नै चियापसल संचालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्रि गर्दै आएका थिए ।
छिमेकीका अनुसार, राती ८ बजे खाना खाएर सुत्न गएका थिए । मदिरा सेवन गर्न अवेर आएकाहरुले बिवाद हुँदा हत्या गरेको आशन्का गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।