काभ्रे । बनेपा नगरपालिकाले विकल्पको रुपमा फोहोर व्यवस्थापन गर्न स्थापना गर्न लागेको डम्पिङ साईडको विरुद्ध वडा कार्यालयबाटै आन्दोलनको आव्हान गरेको छ ।
बनेपा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष शेर बहादुर सुवालले एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनको आव्हान गरेका हुन् । डम्पिङ साइड बनाउन आफुलाई समेत जानकारी नभएको विज्ञप्तिमा उल्लेख छ ।
सोमबार आन्दोलन गर्दै सडकमा उत्रिएका स्थानिय माथि प्रशासनले बल प्रयोग गर्दा झडपमा ७ जना घाईते भएका थिए । घाईते हुनेमा वडा नं ९ का स्थानिय दिपक थापा, रामप्रसाद पौडेल, मैना खत्रि, सारदा बजगांई, सावित्री थापा, भिमसेन थापा र सावित्री तिमल्सिना रहेका छन् । घाईतेको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ । घाईते मध्ये २ जनालाई ठिमी अस्पतालमा उपचारको लागि लगिएको छ ।
केही दिन अघि मात्र नगरपालिकाले उक्त स्थानमा फोहोर फाल्न सर्वदलिय निर्णय गराएको थियो । जसमा स्थानियले असहमति जनाएका थिए सामाजिक र वातावरण मुल्यांकन बिना फोहोर फाल्न नदिने भन्दै स्थानिय आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिकाले केही समय अगाडि मात्र डम्पिङ साईडको लागि भनेर वडा नं १२ चतुरेमा जग्गा खरिद गरेको थियो । स्थानियले त्यहाँ विरोध गरेपछि नगरपालिका को ध्यान वडा नं ९ को कृषि फार्म को लागि भनेर छुट्टाईएको जग्गामा गएको हो ।
मेयरले भोट बिग्रने डरले फोहोरको लागि छुट्टयाईएको ठाउँमा नलगेर आफ्नो ठाउंमा फोहोर फाल्ने डम्पिङ साईड बनाउन खोज्नुले स्थानियको जनजिवनमाथि खेलवाड र राजनैतिक प्रतिशोध सांध्न खोजेको बताएका छन्।
मेयरले राजनैतिक प्रतिशोध सांध्न उक्त स्थानमा सहमतिनै नभई बल प्रयोग गरेको स्थानियको आरोप छ । पर्यटकिय गन्तव्य बनाउन लागि परेका स्थानियले डम्पिङ साईड घर अगाडि आउन लागेको देखेर छक्क परेको बताए । हाल उक्त स्थान नजिकै अन्तर्राष्ट्रिय कला केन्द्र स्थापना गर्नको लागि काम भैरहेको छ ।
‘ नगरपालिकाले फोहोर फाल्न दिए विकासको काम गर्ने प्रलोभन देखाएको छ यो बनेपाको सुन्दर ठाउँ मध्ये एक हो यो आफैंमा विकासको गतिमा छ लड्डु देखाउनु पर्दैन । ’ स्थानियले भने । स्थानियले चरणबद्ध आन्दोलनको घोषणाको तयारी गरेका छन् ।
वडा नं ९ का वडा अध्यक्ष शेरबहादुर सुवालले स्थानियको सहमति बिना फोहर फाल्न नदिने बताए । सुवाल कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन भने मेयर लक्ष्मि नरसिंह बादे तत्कालिन एमाले बाट निर्वाचित भएका हुन् । नगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि खरिद गरेको वडा नं १२ मा पनि तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष रहेका छन् ।
फोहोर व्यवस्थापन कै लागि भनेर जनताको कर बाट जग्गा वडा नं १२ मा किनिनु र अहिले फोहोर व्यवस्थापन गर्न पुर्व निर्धा्रित ठाऊ छोडेर वडा नं ९ तिर लगेर गरिन खोज्नुलाई मेयरको बडो रोचक खेलको रुपमा हेरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















