भुम्लु । काभ्रेको कोशीपारी क्षेत्र अन्तर्गत भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा अवस्थित मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६’ आजबाट शूरु भएको छ । महोत्सबको प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहरकारी मन्त्री दावादोर्जे लामाले एक कार्यक्रमकबा बीच उद्घाटन गरेका थिए ।

हरिबोधनी एकदशीको अवसरमा उक्त महोत्सवको आयोजना गरेको थियो । हरेक वर्ष आजका दिन अर्थात हरिबोधनी एकदशीका दिन यहाँ पूजा तथा मेला हुने गर्दछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले स्थानीय पर्यटन प्रवद्र्धनका लागि स्थानीय उत्पादन बृद्धि गर्नेपर्नेमा जोड दिए । त्यसैगरि प्रदेश सांसद लक्ष्मण लम्सालले आन्तरिक तथा बाह्य पर्यटकको लागि मुलखर्क भिमसेनस्थान ऐतिहासिक हुने बताए ।

 

कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष कुमानध्वज कुँवर, उपाध्यक्ष कल्पना श्रेष्ठ, वडा अध्यक्ष खिरबहादुर श्रेष्ठ लगायतले भिमसेनस्थानलाई पर्यटन विकाससँग जोड्नुपर्नेमा जोड दिए ।
महोत्सवमा सिन्धुपाल्चोक, काभ्रे, दोलखा, काठमाडौं, भक्तपुर लगायतका अन्य ठाउँबाट समे उल्लेख्य मात्रामा भक्तजनहरुको सहभागीत रहेका थिए ।
मुलखर्क भिमसेनस्थान धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्व रहेको छ । भुम्लुमा रहेको जातिय विविधता, साँस्कृतिक एवं धार्मिक अनेकताको बीचमा पनि मुलखर्क भिमसेनस्थान सबैको आस्था र विश्वासको केन्द्र रही आएको छ । देशको संघीय राजधानीबाट करिब ७० किमीको दुरीमा रहेको यस क्षेत्रको उचित प्रबद्र्धन र विकास गर्न सके धार्मिक पर्यटन एवं अन्य आन्तिरिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ ।

हरियाली सुन्दरताका सथा भौगोलिक रुपमा उचाई भुभागमा अवस्थित रमणीय भिमसेनस्थान क्षेत्रबाट सूर्योदय, सूर्यास्तको सुन्दर दृष्य सति गणेश, जुगल, गौरीशंकार आदि हिमक्षेत्र, काभ्रे र सिन्धुपाल्चोक जिल्लाको भुभागहरुको नजिक रुपमा दुष्यावलोकन गर्न सकिन्छ ।

भिमसेनस्थान क्षेत्रमा व्यवस्थित रुपमा पर्यटकीय पर्वाधारको विकास गरी आम रुपमा प्रचार प्रसार गर्न सकिएमा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने अवस्था छ ।’ संयोजक बुढाथोकीले भने, ‘यसै कुरालाई मध्यनजर गरी भुम्लुका स्थानीय संघ, संस्था, बुद्धिजीवि, समाजसेवी एवं प्रबुद्ध नागरिकहरुको प्रयासमा स्थानीय सरकार (भुम्लु गाउँपालिका) को सहयोग, सरसल्लाह, परामर्श एवं स्वीकृतीमा भिमसेनस्थान प्रांगनमा भएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले संगीतिक प्रस्तुति गरेका थिए भने स्थानीय उत्पालनहरुको विक्रि स्टल, स्थानीय अर्गानिक तयारी खाद्य पदार्थहरुको फुडस्टल राखेका थिए ।
जिल्ला कै एक पर्यटकीय क्षेत्र मुलखर्क भिमसेनस्थानको प्रचार प्रसार हुन सकेमा नेपाल भ्रमण वर्ष २०२० को लागि पनि टेवा पुग्ने आयोजकको विश्वास छ । महोत्सव शनिबार (भोली)सम्म चल्ने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।