धुलिखेल । काभ्रेको मालपोत कार्यालयका एक कर्मचारी २० हजार घुस सहित पक्राउ परेका छन् ।
उनी हुन् नायब सुव्बा रोसकाजी जस्पाउ उनलाई ससेवाग्राहीसँग घुस लिँदै गर्दा आज (बुधबार) अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेको कार्यलयबाट नै पक्राउ गरेको हो ।
बनेपा नगरपालिका वडा नम्बर ९ का जस्पाउ विगत ११ वर्षदेखि काभ्रेको मालपोत कार्यालयमा कार्यरत छन् ।
विगतमा पनि जस्पाउले सेवाग्राहीसँग पटक पटक घुस लिदै आएको अख्तियारले बताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















