तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । रामेछाप सम्पर्क समिति, दोलाखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले गत छुसकमा सेप्टेम्बर १२ तारिख आयोजित “मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगितिक धमका २०१९” को आर्थिक आय–ब्यय आइतबार सार्वजनिक गरेको छ ।

संयुक्त बैठकबाट अनुमोदित आर्थिक प्रतिवेदन मेगराज खड्का, उत्सब खड्का र दिलिप दाहाल सहितको ३ सदस्यीय आर्थिक समितिको संयोजक मेगराज खड्काले कार्यक्रमको आर्थिक प्रतिबेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए । कार्यक्रमबाट ५ करोड ५५ लाख ९९ हजार ३३३ वोन मुनाफा भएको छ ।

कन्सर्टमा मंगोलियन हार्टका राजु लामासहित ७ जना र गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, प्रताप दास, मोडेल अन्जली अधिकारी आएका थिए ।

कोरियामा कार्यक्रम गर्ने तर आर्थिक पारदर्शी रूपमा सार्बजनिक नगर्ने यहाँ रहेका संघसस्थाको चलनलाई  चिर्दै आयोजक संस्थाले आफ्नो जवाफदेहीता पूरा गरेको र छिट्टै आम्दानी रकमलाइ दुर्गम क्षेत्रका शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने आयोजकले प्रतिबद्धता गरेको छ ।

रामेछाप सम्पर्क समितिको अध्यक्ष रबिप्रताप घिसिङ सिन्धुपाल्चोक समाजका अध्यक्ष सन्जिब भन्डारी र दोलखाली समाजका अध्यक्षले कार्यक्रम अबधिमा भएका सकारात्मक पक्ष  कमिकमजोरी र सुधार गर्नु पर्ने बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।

उक्त सम्मेलनमा दोलाखाली समाजको संरक्षक लालकाजी बस्नेत रामेछाप सम्पर्क समितिको सल्लाहकार अम्बर बहादुर खड्का, सिन्धुपाल्चोक समाजका बेद आचार्य र प्रदेश ३ एकता समाजको अध्यक्ष किशोर ब्लोन सहितले मन्तब्य राख्नु भएको थियो भने प्रदेश भित्रका जिल्लाको अध्यक्ष र प्रतिनिधि उपस्थिती रहेको थियो ।

आर्थिक विवरण:

कुल प्राप्त आम्दानीः ९,६८,५२,८८६/- वोन

(टिकटबाट प्राप्तः ४,३०,७५,०००, होटल स्टलबाट प्राप्तः १२,००,०००/- वोन, साझा सहयोगीबाट प्राप्तः ४४,१३,८८६, तीन जिल्लाको जिल्लागत सहयोगबाट प्राप्तः २४,६४,०००/- वोन)

जम्मा खर्चः ४,१४,५३,५५३/- वोन

(कलाकार पारिश्रमिकः ९२,२२,९१५/- वोन, कलाकार भिसा तथा टिकटः ९१,९६,६६९/- वोन, कलाकार होटल तथा खाना खर्चः ६१,८५,९६८/- वोन, यातायात तथा दुवानी खर्चः २१,५०,०००/- वोन, मिडिया तथा स्टेशनरी खर्चः १४,०३,०००/- वोन, सम्मान तथा बिधाइ कार्यक्रम खर्चः ८,००,०००/- वोन, कार्यक्रम हल खर्चः १,१३,१५,०००/- वोन, प्रचारप्रसार खर्चः ९,००,०००/- वोन, चियापान तथा सार्वजनिक तथा समिक्षा कार्यक्रमः २,००,०००/- वोन )

प्रतिबद्धतामध्ये उठ्न बांकी रकमः

८ संस्थाबाट ९० पिस टिकटको हिसाब, साझा सहयोगी व्यक्तिहरू ४ जनाबाट उठन बाँकी ४,३०,०११ वोन

कार्यक्रमबाट नाफा जम्मा रकमः ५,५५,९९,३३३/- वोन

Comments

comments