१४ मंसिर, सुनापति गाउँपालिका वडा नं. ३, हिलेदेवीस्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गनमा आयोजित माध्यामिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

दलित, जनजाति, अपाङ्ग क्षमता विकास समितिले सुनापति गाउँपालिका वडा नं. ३ को प्रायोजनमा आयोजना गरेको वडाभित्रका ३ वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा जनजागृत माध्यामिक विद्यालयले प्रथम, पशुपति माध्यामिक विद्यालयले द्वितीय र कृष्ण माध्यामिक विद्यालयले तृतीय स्थान हासिल गरेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यालयलाई शिल्ड तथा प्रमाण–पत्र प्रदान गरिएको थियो भने सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा आधारभुत तहको अध्ययन अध्यापन हुने ६ वटा विद्यालयका करीब ४५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई छात्रवृति तथा पुरस्कार प्रदान गरिएको थियो भने माध्यमिक तहको अध्ययन अध्यापन हुने ३ वटा विद्यालयका करीब ३५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई छात्रवृति तथा पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी सम्बन्धित विद्यालयले आन्तरीक मूल्याङ्कन गरी सिफारिस गरे अनुसार ४ वटा विद्यालयबाट १÷१ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी पुरस्कारबाट प्रमाण–पत्रसहित पुरस्तृत गरिएको थियो । वडा अध्यक्ष बाबुराम तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जनजागृत माध्यामिक विद्यालयका शिक्षक राजेश श्रेष्ठले यस्तो कार्यक्रम विद्यार्थीहरुको शैक्षिक वृतिका लागि अत्यावश्यक रहेको वताए । सोही अवसरमा बोल्दै वडा सदस्य डेग बहादुर खड्काले आगामी दिनहरुमा शैक्षिक क्षेत्रको उन्नयनको लागि वडा कार्यलय विद्यालयहरुलाई जुनसुकै सहयोग गर्न तत्पर रहेको वताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाबुराम तामाङ वडा भित्रका माध्यामिक विद्यालयहरु रामेछाप जिल्लाकै उत्कृष्ट नमुना विद्यालय बन्नुपर्ने वताउदै त्यसका लागि शिक्षक, विद्यार्थी र अविभाबक बीच सघन सहकार्य हुनुपर्ने कुरामा जोड दिए । अन्तमा पुरस्कार तथा छात्रवृति वितरण कार्यक्रम अन्त्य भएको घोषणा गर्दै समितिका संयोजक हिक्मत थिङले प्रतियोगी विद्यालय, सहभागी विद्यार्थीहरुलार्ई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे साथै अन्य सम्पुर्ण विद्यार्थीहरुलाई निरन्तर विद्यालय गई अध्ययन गरी कम्तिमा विद्यालय तहको पढाई पुरा गर्न अनुरोध गरेका छन् ।

 

भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोला

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।