परिचय स्प्याज मसाला बालीका रुपमा, सलाद खान, हरियो साग खान, अच खान प्रयोग हुने हिउँदे तरकारी बाली हो । यसमा स्टार्च, प्रोटान, भिटामिन सी आदि पोषक तत्वहरु पाईन्छ । प्याजलाई औषधीको रुपमा पनि प्रयोग गरी यसबाट दम, बाथ निको हुनुका साथै पाचन प्रकृया पनि सहयोग गर्दछ ।
हावापानीः प्याजलाई समुन्द्री सतहबाट उच्च पहाडसम्म सफलतापूर्वक उत्पादन गर्न सकिन्छ । यसलाई वनस्पति वृद्धी (बोट बढ्न) हुन ठण्डा वातावरण र गानो बन्न अलि न्यानो वातावरण आवश्यक पर्दछ । यो बा हिउँदमा (पुष–माघ) जमिन माथिको भाग बढ्दछ भने जब फागुन लाग्दा र न्यानो वातावरण पाउँछ तब गानोको विकास भई गानो बढ्न थाल्दछ । यो बालीलाई १८–२२ तापक्रम राम्रो मानिन्छ ।
माटोः प्याजलाई प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट खुकुलो माटो राम्रो हुन्छ । साथै पानी नजम्ने, सिंचाईको सुविधा भएको एज् मान ५.८– ६.५ सम्मको माटो सबैभन्दा राम्रो मानिन्छ । जातहरु स् एन–५३, रेड क्रिबल, पुसा रेड आदि । एन–५३ सबैभन्दा राम्रो हुन्छ ० बिउदर स् सेट ९सानो गानो० ८०–१०केजी प्रति रोपनी ।
बाली लगाउने समयः सेट (गानो) रोप्न श्रावणको अन्त्यदेखि भाद्रको अन्त्यसम्म बषोट समाप्त भईसकेपछि राम्रो हुन्छ । यदि वर्षाद नसिध्धीएरै अगा लगाउँदा ठूलो पानी परी बोट राम्रोसंग फैलिन पाउँदैन र रोगको प्रकोप बढी हुन्छ ।
बेमौसमी प्याज खेतीको लागि सेट उत्पादन गर्ने तरिकाः सेट भनेको सानो गानो नै हो । बेमौसमी प्याज खेती गर्न सेटबाट सजिलो र छिटो उत्पादन हुने हुनाले यो विधि बढी प्रभावकारी मानिन्छ । असोज देखि कात्र्तिक सम्म वा सधैंझैं प्याजको बिउ राख्ने समयमा बेर्ना उत्पादन गरी कात्र्तिक मंसीरतिर बेर्ना सार्न योग्य भएपछि वा सधैं झैं प्याज लगाउने मौसममा नै प्याज लगाउनु पर्दछ । यसरी प्याज लगाउँदा प्रशस्त प्राङ्गारिक मल ९ ४५– डोको प्रति रोपनी रासायनिक मल आवश्यकता हेरी (राखी निर्धारित दुरीमा (बोट–बोट १) लाईन –लाईन १५ से.मी.) लगाउने ।
प्याज लगाई सकेपछि आवश्यकताअनुसार सिंचाई गर्दै राख्नु पर्दछ । प्याज रोपेको केही समय पछि वा प्याजको गाना बुढी औंला जत्रो भएपछि प्याजको जमिन माथिको भाग वा पात निमोठेर लठ्ठी वा खुट्टाको सहायताले थिचीदिने । थिचेको ५।७ दिनमा प्याज पहेंलो सुकेजस्तो देखिन्छ । यो अवस्थामा बोटहरु उखेलेर माटो हटाई साना साना मुठा बनाउने र यि मुठाहरुलाई सूर्यको प्रकाश नपर्ने प्रसस्त हावाखेल्ने छाँयामा झुड्याएर राख्ने यो नै यसको प्याज सेट हो । यिनै सेटलाई श्रावणको अन्त्यदेखि भाद्रको अन्त्य वा वर्षादको अन्त्य पानी नजम्ने ठाँउ खुकुलो माटो भएको ठाउँमा ड्याङ बनाई मौसमी प्याज लगाउने तरिका, सोही दुरीमा सोही विधी अनुसार नै रोप्ने । २–२.५ महिना पछि ति साना सेट –गाना बढेर ठूलो गाना बन्दछन् । यसरी गाना ठूलो भईसकेपछि उखेलेर बजारमा लगि बिक्री वितरण गर्ने ।
यो समय भनेको दशैं तिहारको समय भएकोले प्याजको माग पनि बढी हुने र बजार भाउ (मूल्य) पनि राम्रो पाईने हुँदा बेमौसम प्याज खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।
उत्पादनः अनुमानित ८००–१००० केजी प्रतिरोपनी ।
गणेश प्रसाद रेग्मी
प्रशिक्षकः बेमौसमी तरकारी उत्पादन कार्यहरु