नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिकामा प्रथम मेयर कप अन्तर वडा फुटबल प्रतियोगिता आज (सोमबार) सम्पन्न भएको छ । प्रतियोगिता नमोबुद्ध नगरपालिकाको आयोजनामा भएको हो ।
प्रतियोगिताकमा प्रथम मेयर कप अन्तर वडा फुटबलको ट्रफी नमोबुद्ध नगरपालिका वडा नं ८ ले जितेको छ । आज वडा नं. ८ र १ बिच भएको फाईनल खेलमा वडा नं ८ ले ३–१ गोल अन्तरले पराजित गरेको हो ।
वडा नं ८ का जर्सी नं ९ सुनिल लामाले सुरुवाती मिनेटमा नै गोल गर्दै खेलमा अग्रता बनाएका थिए । त्यसको केहि मिनेटमा नै वडा नं १ का जर्सी नं ३ गणेश लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ बराबरीमा सकिएको खेल सुरु हुने बित्तिकै वडा नं ८ का जर्सी नं ९ सुनिल लामाले गोल गरे भने पुन वडा ८ कै जर्सी नं १३ सुनिल तामाङले गोल गर्दै अग्रता कायम राख्न सफल भए । ३–१ को फराकिलो जित सँगै वडा नं ८ प्रथम मेयर कप अन्तर वडा फुटबल प्रतियोगिताको ट्रफी जित्न सफल भएको छ ।
प्रतियोगितामा वडा नं १ दोश्रो र वडा नं ९ तेश्रो हुन सफल भएको छ ।
प्रथम हुने वडा नं ८ लाई जिल्ला समन्वय समिति प्रमुख उद्धव के.सी., नगर प्रमुख टि.पि. शर्मा तिमल्सिना, २६ दल वाहिणी अड्डा भकुण्डेका प्रमुख सुरज बहादुर सुनुवार लगायतले नगद ३० हजार सहित ट्रफी, प्रमाण पत्र र मेडल प्रदान गरिका थिए । त्यस्तै दोश्रो हुन सफल वडा नं १ ले २० हजार र तेश्रो हुने वडा नं ९ ले नगद १० हजार सहित ट्रफी, प्रमाण पत्र साथै मेडल प्राप्त गरेका छन् ।
खेलमा म्यन अफ दि म्याचको ट्रफी वडा नं ८ का जर्सी नं ९ सुनिल लामाले हात पारेका छन् भने, बेस्ट किप्परको ट्रफी वडा ८ कै जर्सी नं १८ सरोज तामाङले जित्ज सफल भएका छन । त्यस्तै सर्वाधिक गोल गर्न सफल भएकोमा वडा नं ८ का जर्सी नं १३ मन कुमार मोक्तानले ट्रफी जित्न सफल भएको छ ।
स्वर्ण पदक विजेता श्रेष्ठ सम्मानित
१३ औँ साग अन्तर्गत साईक्लिङमा स्वर्ण पदक बिजेता नमोबुद्ध नगरपालिका वडा नं ७ कि निस्मा श्रेष्ठलाई नगरपालिका प्रमुख टि.पि. शर्मा तिमल्सिनाले सम्मान गरेका थिए । नगरपालिकाले ट्रफी सहित रु ३० हजार र नेपाली काँग्रेस नगर सभापति कुन्साङ लामाले रु १० हजार सहित सम्मान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य कृष्ण बहादुर तामाङ,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँई, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, नगरका जनप्रतिनिधिहरु लगायत खेल प्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।