काभ्रे । जिल्लाको रोशि गाउँपालिक वडा नं १ स्थित नारायणटारमा रहेको श्री शंकर बहुउद्देश्यीय सहकारी संस्था लि. को १० औं साधारण सभा पुर्व सभासद रामहरि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
४ सय ८७ जना सेयर सदस्य रहेको उक्त सहकारी साधारणसभामासंस्थाको सचिव गण बहादुर लामाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेन्द्र थिङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समितिको प्रतिवेदन संयोजक जयराम थापाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रोशि गा. पा. वडा नं. १ का वडा अध्यक्ष श्रीदास लामा, शिखर साकोसको कोषाध्यक्ष बबिता बोहरा, पञ्चमुखी साकोसका अध्यक्ष कल्याणी बोहरा, वडा सदस्य निर्जला थापा लगायत उपस्थित रहेका थिए ।
संस्थाले आर्थिक बर्ष २०७५।०७६ को असल ऋणी कान्छामान लोप्चन र असल बचत कर्ता सुनिता तुम्सीङ मगरलाई मायाको चिनोबाट सम्मान गरिएको थियो । आ. व. ०७५।०७६ को अन्त सम्ममा संस्थाको शेयर पुँजी २० लाख ८३ हजार ६०० सय पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























