सुसन सापकोटा विज्ञान – चौरीदेउराली
काभ्रेको चौरीदेउराली गाउँपालिकामा पालिकास्तरिय परिवार नियोजन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
चौरीदेउराली गाउँपालिकाको आयोजना र मेरी स्टोप्स सेन्टर, IPAS नेपाल र जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको सहयोगमा उक्त कार्यक्रम संचालन भएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य परिवार नियोजन सेवालाइ सेवाग्राही सम्म गुणस्तरीय र भरपर्दो रुपमा सहजतापुर्वक पहुँच पुर्याउनु हुनेछ भने कार्यक्रमलाई दिगो बनाउन सहयोगी सस्थाहरुले गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाइ तालिम प्राप्त बनाउने, परिवार नियोजन सेवा र घुम्ती सेवा सम्बन्धी लामो अवधिको क्याम्प संचालन गर्नाका लागि प्राविधिक तथा लजिस्टिक सहयोग गर्ने चौरीदेउराली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिनुभयो ।

Comments

comments