सुसन सापकोटा विज्ञान- चौरीदेउराली काभ्रे
चौरीदेउराली गाउँपालिकामा यहि पौष ८ गते मंगलबार खानेपानी तथा सरसफाइ सम्बन्धी बृहत् प्रश्नोत्तर/ छलफल/ सार्वजनिक सुनुवाइ/ जलकचहरी कार्यक्रम हुने भएको छ ।
वाटरएड नेपालको आर्थिक सहयोग तथा चौरीदेउराली गाउँपालिकाको समन्वयमा एकीकृत शहरी विकास केन्द्रद्वारा संचालन भइरहेको दिगो खानेपानी सरसफाइ तथा स्वच्छ्ता परियोजना अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा हरेक वार्डमा रहेका खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु, जनप्रतिनिधि तथा आम उपभोक्ताहरु र सञ्चारकर्मिहरुको समेत सहभागीता रहने र खानेपानी सरसफाइ सम्बन्धी प्रश्न हरेकले राख्न पाउनेछ्न ।
गाउँपालिकाको एक वर्ष भित्र एक घर एक धारा पुर्याउने लक्ष्यलाई यो कार्यक्रमले टेवा पुर्याउने एकीकृत शहरी विकास केन्द्रका फिल्ड को-अर्डिनेटर विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।