अञ्जली तामाङ
तेमाल । श्री छारह्युल कृषि सहकारी संस्था लि. को नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गत शनिबार तेमाल गापा वडा नं ९ मा सम्पन्न भएको छ ।
कार्यक्रम प्रतिनिधी सभा सदस्य माननीय गंगा बहादुर दोङ (बमध्वज) को प्रमुख आतिथ्यता तथा सुरेश कुमार दोङको सभापतित्वमा भएको सम्पन्न भएको हो ।

अधिवेशनले सुरेश कुमार दोङको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा टेक बहादुर थोकर, सचिवमा सुर्य बहादुर लामा, कोषाध्यक्षमा टेक बहादुुर दोङ, सदस्यहरुमा हस्त बहादुर तामाङ, सरु घिसिङ, कुमारी तामाङ, देवराज लामा चयन भएका छन् ।
त्यसैगरी लेखा समितिको संयोजकमा निङमार लामा, सदस्यमा बलिमान थोकर, जगत लाल तामाङ रहेका छन् ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाको अध्यक्ष सुरेश कुमार दोङले प्रस्तुत गरेका थिए । भने आर्थिक प्रतिवेदन सुर्य बहादुर लामाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्र बहादुर दोङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उत्कृष्टलाई सम्मान
कार्यक्रममा उत्कृष्ट बाल बचतमा अभिय तामाङ, उत्कृट बचतकर्ता पुरुष तर्फबाट धर्म सिं तामाङ, महिला तर्फबाट चरी माया तामाङ, असल ऋणकर्ता जय बहादुर तामाङ, उत्कृष्ट कृषक पञ्चमाया तामाङ लाई सम्मान गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















