अञ्जली तामाङ
तेमाल । समाजवादी पार्टी ३ नं. प्रदेश सदस्य मनमान बल (पेशल) को पौष १३ गते निधन भएको छ । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा जन्मिएका ४८ वर्षिय पेशल केही समय अगाडिदेखि कमलपित्त बाट ग्रसित थिए ।

उनको काठमाडौं बौद्धस्थित स्तुपा अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो ।

पार्टीको बफदार र कर्मठ नेता स्वर्गिय मनमान बल प्रति समाजवादी पार्टी ३ नं. प्रदेशका अध्यक्ष सोनामसिंह स्याङतानले मृतक बल प्रति श्रद्वाञ्जली व्यक्त गरेका छन् ।

साथै शोक सन्तप्त समस्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

Comments

comments