धुलिखेल । जिल्लाको धुलिखेलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार विकासका लागि नागरिक समाज तथा सञ्चारकर्मीहरुबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जितराम लामा, जिल्ला समन्वय समिति काभ्रेकी उप प्रमुख मञ्जु गौतम, नेपाल वार एशोसियशन काभ्रेका सचिव मधुसुदन वाग्ले, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, समाज सेवी कृष्ण प्यारी नकर्मी, सञ्चारकर्मी यदुनाथ देउपुरे, रमा दाहाल, गुणराज मोक्तान, क्रान्ति लामा युवा परिषदका संयोजक विपिन लामा, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी जिल्ला अधिकृत गंगा लामा लगायतले पारदर्शीता र जवाफदेहीताका विषयमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव के.सी.को प्रमुख आतिथ्यता र काभ्रे जिल्लाका इन्सेक संयोजक हिरामान लामाको संचानलमा समापन भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।