काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजलरमट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २र२ रुपैयाँले वृद्धि गरेको हो।
हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगयमले जनाएको छ। निगमका निर्देशक एवं प्रवक्ता ई। वीरेन्द्र गोइतले बुधबार बेलुका विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेशनले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुरूप मूल्य समायोजन गरिएको जनाएका हुन्।
ुपेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको हुँदाु जारी विज्ञप्तिमा भनिएको छ ुसाविकको पेट्रोल र डिजलरमट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर २।०० ले वृद्धि गरी मूल्य समायोजन गरेको छ भने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाल यथावत नै राखिएको छ।ु
यो मूल्य समायोजन गरेपश्चात् नेपाल तर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १८।६७ रुपैयाँ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १८।२७ रुपैयाँ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















