तेमाल । ‘स्वस्थ जीवनका लागि खेलकुद, व्यक्तित्व विकासका लागि खेलकुद, आन्तरिक पर्यटन प्रर्वधनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ काभ्रेको तेमाल गाउँपालिकाले अध्यक्षकप अन्तरवडा फूटवल प्रतियोगिता हुने भएको छ । तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक ज्ञानबहादुर तामाङले प्रतियोगिता आगामी माघ ३ गतेबाट शुरु हुने भएको हो ।
यस्तो पुरस्कारको व्यवस्था
गाउँपालिका प्रवक्ता एवं प्रतियोगिताका संयोजक तामाङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार नगद सहित कप प्राप्त गर्नेछ । त्यसैगरि दोस्रो हुने टिमले नगद ५० हजार प्राप्त गर्नेछ भने तेस्रो हुने टिमले २५ हजार नगद पुरस्कार पाउने छ । ‘उत्कृट खेलाडी, बढी गोल गर्ने खेलाडी र वेष्ट गोल किपरले ५÷५ हजार पुरस्कार पाउनेछन् ।’ उनले तेमाल अनलाइनलाई बताए ।
यस्तो छ टीम दर्ताको प्रक्रिया
प्रवक्ता तथा प्रतियोगिताका संयोजक तामाङका अनुसार प्रतियोगितामा प्रत्येक वडाबाट १÷१ टीमा मात्र सहभागी हुन पाउनेछ । उनका अनुसार प्रतियोगितामा सहभागी हुने टिमले १८ जना खेलाडी र दुइ जना अफिसियल (म्यानेजर र प्रशिक्षक) गरी जम्मा २० जना दर्ता गराउनुपर्ने खेल संयोजक तमाङले बताए । खेलाडी सम्बन्धित वडाको हुनुपर्नेछ भने सहभागी खेलाडीले नागरिकताको प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्र र ३ प्रति पासपोर्ट साइजको फोटो समेत पेश गर्नुपर्नेछ ।
नकआउट चरणमा खेलाइने प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार लाग्नेछ । खेलमा सहभागी टिमले जर्सी लगायत खानाको व्यवस्था आफैं गर्नुपर्ने प्रवक्ता तथा प्रतियोगिता संयोजक तामाङले जानकारी दिए ।
टीम दर्ता कहिल्ये गराउने ?
प्रतियोगितामा सहभागी हुन इच्छुकले पौष २९ गतेभित्र अध्यक्षकप फुटवल प्रतियोगिता आयोजक तथा व्यवस्थापन समितिको सचिवालय, तेमाल गाउँपालिका कार्यालयमा टिम दर्ता गराउनुपर्नेछ । टिम दर्ता फारम पनि गाउँपालिका कार्यालयबाट नै प्राप्त गर्न सकिनेछ । फाइनल खेल माघ ५ गते हुने आयोजकले बताईएको छ ।
तेमाल गाउँपालिका अध्यक्षकप अन्तरवडा फुटवल प्रतियोगिता गाउँपालिकाको वडा नम्वर ७ स्थित प्रस्तावित रंगशालामा हुनेछ ।
साग मेडलिस्टलाई सम्मान गरिने
अध्यक्षकप फूटवल प्रतियोगिताको अवसरमा साग खेलकूद प्रतियोगिताका मेडलिस्टहरुलाई समेत नगद पुरस्कार सहित सम्मान गरिने प्रवक्ता तामाङले जानकारी दिए । ‘फुटवलका गोल्ड मेडलिस्ट तेज तामाङलाई नगद ७५ हजार सहित सम्मान गर्नेछौं ।’ उनले भने, ‘त्यसैगरि स्क्वायडमा कास्यपदक जित्ने विपना ब्लोनलाई नगद २५ हजार सहित सम्मान गरिनेछ ।’
यस्तो छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।