बहराईन । वैदेशिक रोजगारको सिलसिलामा बहराईनमा रहेका नेपालीहरुले २८५६ औं मुसा सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेको छ ।
वैदिक पुजापाठका साथै बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गरि सोनाम ल्होछार भव्यताका साथ मनाउने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको आयोजना नेपाल तामाङ घेदुङ बहराईनले गर्न लागेको हो ।
कार्यक्रम यहीं २४ जनवरि २०२० शुक्रबारका दिन बहराइनको राजधानी मानमा स्थित डेलमुन होटलको प्रांगणमा हुने आयोजकले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।

कार्यक्रमका लागि नेपालबाट तामाङ समुदायका चर्चित सेलोे गायक तथा सङ्गितकार प्रयास दोङ, चर्चित गायिका जितु लोप्चन, म्हेन्दोमाया गायिका टीका माया चोथेन, म्हेन्दोमाया तथा सेलो गायकद्वय आर बि लामा र रोम लामालाई आमन्त्रण गरिएको छ ।
घेदुङ बहराईनले स्थापना कालदेखि नै सक्रिय रुपमा आफ्नो भाषा, धर्म, कला र संस्कृतिको जगेर्ना गर्दै बहराइनमा स्थापित सम्पुर्ण नेपाली संघसंस्थाहरुसँग सामाजिक सहकार्य गर्दै आईरहेको छ । घेदुङ बहराइनले बिगतका कार्यक्रमहरुलाई झै यस पटकको सोनाम ल्होछार कार्यक्रमलाई पनि सभ्य तथा भब्य रुपमा सफल पार्न सम्पुर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।
कार्यक्रम स्थलसम्म आउन जान बहराइनको विभिन्न क्षेत्रबाट यातायातको ब्यबस्था समेत रहेको घेदुङले जनाएको छ।

Comments

comments