भक्तपुर । सानीखोला माघे संक्रान्ति मेला तथा बृहत् सांगीतिक कार्यक्रम रोशी ४ लेम्बा बेशीमा हुदैछ ।
सानिखोला लेम्बा बेशी युथ क्लबको अायोजनामा एतिहासिक धार्मिक तिर्थ स्थल गुप्तेश्वर महादेवको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले ईतिहास मै पहिलो पटक हुने बृहत सानीखोला माघे संक्रान्ति मेलामा पुर्व सांसद माननीय तिर्थ लामाको प्रमुख अातिथ्यतामा मागे संक्रान्ति मेला तथा बृहत साँस्कृतिक कार्यक्रम २०७६ को उद्घाटन गरिने युथ क्लबका अध्यक्ष निर्मल लामाले जानकारी दिएका छन् ।
उक्त वृहत् साँस्कृतिक कार्यक्रममा सांगीतिक मनोरञ्जन दिनका लागि राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु चर्चित गायक विजय लामा,विशाल काल्तान,सुनिल गिरी, जितु लोप्चान,लनम लामा साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति हुने अायोजकले तेमाल अनलाइनलाई जानकारी दिएका छन् ।
सो कार्यक्रममा विशेष अतिथिमा रोशी गाँउपालिकाका अध्यक्ष डिवी मोक्तान र युवा नेता अमित लामालाई अाउने भएको छन् ।भने उक्त कार्यक्रम सञ्चालन चर्चित सञ्चारकर्मी कर्म लामाले गर्ने भएको छ।
























