स्काभेटर दुर्घटना
काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं। ११ थुम्कीमा आज (विहिबार)भित्री सडक खण्डमा सडक बिभाग भक्तपुरको आयोजनामा पाटीखर्क बाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मुत्यु हुनेमा पनौती नगरपालिका वडा नं। ११ बस्ने बर्ष १६ को राउत केसी र सिन्धुपाल्चोक घर भएका बर्ष १५ को रोशन भण्डारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पनौती ७ का स्काईभेटर चालक जीबन ताम्राकार घाईते भएको उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । स्काभेटर सडकबाट अन्दाजी २ सय मिटर तल खोलामा पुगेको थियो ।
बोलेरो दुर्घटना
त्यसैगरी जिल्लाको रोशी गाउँपालिका वडा नं ९ स्थित देउरालीबाट नार्केतर्फ आउँदै गरेको दुध बोकेको बा५च ५०७४ नम्बरको बोलेरो पान्तन्चेमा आज (विहिबार)दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोशी गाउँपालिका वडा नं ९ का बर्ष १२ को अनील रानामगर रहेको जनाएको छ । रानामगरको उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा अस्पताल पुग्दा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिए ।
दुर्घटनामा रोशी ९ का सती कुमारी पीठाकोटे र चालक टंकमान लामा घाईते भएको छ ।
टिपर दुर्घटना
त्यस्तै जिल्लाको नमोबुद्ध नगरपालिका वडा न २ सेल्फी डाँडास्थित आज (विहिबार) बिपिराजमार्गमा स्तरोन्नतिको काम गर्ने क्रममा मिनि आईचर टिपर दुर्घटना हुँदा सुपरभाईजर सहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरी चौकी भकुण्डेका हवल्दार सुसन थापाका अनुसार धुलिखेलबाट भकुण्डेतर्फ गइरहेको मिनिटिपर अनियन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको बताए ।
दुर्घटनामा सुपरभाईजर ललितपुर जिल्ला टिकाभैरवका अन्दाजी २१ बर्षीय विशाल खड्का र टिपर चालक मकवानपुर टिस्टुङपालुङका अन्दाजी २१ बर्षीय अस्बिन विष्ट रहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















