विदुर शर्मा भण्डारी
नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको ग्रामीण पाठशाला एजुकेशन फउन्डेसनले आज (आइतबार) दोश्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस मनाएको छ । बार्षिक उत्सव नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगरप्रमुख शर्मा तिमल्सिनाले नमोबुद्धको समग्र शैक्षिक बिकासमा निजी बिद्यालयबाट ग्रामीण पाठशालाले खेलेको भुमिकाको चर्चा गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, वडा नं ७ का वडा अध्यक्ष धर्म लामा, नेशनल प्याब्सन काभ्रेका अध्यक्ष रामप्रसाद तिमल्सिना, विभिन्न संघ।संस्थाका प्रतिनिधि, शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो ।
वार्षिक उत्सवको अवसरमा ग्रामीण पाठशालाका फाउन्डर प्रिन्सिपल विदुर भन्डारिले वार्षिक प्रतिवेदन पेस गरेका थिए भने विविध साँस्कृतिक कार्यक्रमका साथै उत्कृष्ट अभिभावकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
सोही अबसरमा बिधालयले समाजका प्रतिष्ठित ब्यक्तित्वहरुलाई पनि सम्मान गरेको थियो । सम्मान पाउने महानुभाबहरुमा शैक्षिक ब्यक्तित्व जनक बहुमुखी क्याम्पसका प्रमुख पुर्णचन्द्र काफ्ले, जनकल्याण माबिका प्रअ लक्ष्मि अधिकारि, समाजसेवी कृष्ण प्रसाद खनाल, धार्मिक तथा साँस्कृतिक ब्यक्तित्व उत्तम काफ्ले र समाजसेवी माधब खनाल रहेका छन् ।
करिव ३०० जना अभिभाबकको उपस्थिति रहेको कार्यक्रमम बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष भाइराजा श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।