काठमाडौ । नेपाल तामाङ संस्कृति घेदुङकाे छैठाैं राष्ट्रिय सम्मेलन तामाङ घेदुङको संघीय सभाहलमा चुच्चेपार्टीमा सम्पन्न भएकाे छ। 
छैठौं सम्मेलनबाट छेवाङ तेन्जिङ लामाको अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्म्मत चयन गरेको छ।निर्वाचितमा उपाध्यक्षमा धावा वाङ्गेल लामा र सरोज लामा, महिला उपाध्यक्षमा उषा पाख्रिन, महासचिवमा दोर्जे लो तामाङ, सचिवमा क्रान्ति योञ्जन, विशाल योञ्जन र आशिष डुम्जन र कोषाध्यक्षमा रामकृष्ण लो चयन भएका छन्।
३ नं प्रदेशका उपसभामुख राधिका तामाङकाे प्रमुख आतिथ्यतामा सम्मेलनकाे उद्घाटन भएकाे थियाे । भने अतिथिहर नेपाल तामाङ घेदुङ वरिष्ट उपाध्यक्ष बेली तामाङ, घेदुङ उपाध्यक्ष कुमार घिसिङ, घेदुङ निवर्तमान महासचिव तथा कुमार ब्लोन, विद्यार्थी घेदुङ अध्यक्ष दिनेश कुमार लो लगायतको विशेष आतिथ्यता रहेको थियो ।
सम्मेलनबाट निर्वाचित कार्यसमितिहरुमा अध्यक्ष छेवाङ तेन्जिङ लामा,उपाध्यक्ष धावा वाङ्गेल लामा,उपाध्यक्ष सरोज लामा,उपाध्यक्ष उषा पाख्रिन,महासचिव दोर्जे लो तामाङ,सचिव क्रान्ति योञ्जन,सचिव विशाल योञ्जन,सचिव,आशिष डुम्जन ,कोषाध्यक्ष रामकृष्ण लो,
संघीय सदस्य : योजम तामाङ (नवाकोट)जीवन बम्जन (ओखलढुंषा),बाबू जिम्बा (रौतहट),रन्जना तामाङ (काभ्रे),कुइसाङ रुम्बा (दोलखा,एम जि तामाङ (धादिङ),आस्मान लोप्चन (सिन्धुपाल्चोक) रहेको छ।
निवर्तमान अध्यक्षमा प्रेम लो तामाङले नयाँ कार्यसमितिलाई कार्यक्रम सफलताको शुभकामना दिएका थिए।
























