सुनकोशी । सिन्धुलीको सुनकोशीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता मंगलबार (आज) सम्पन्न भएको हो ।
प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड दीर्घप्रदीप माध्यमिक विद्यालयले जितेको छ । अघिल्लो वर्षको शिल्डसमेत दीर्घ प्रदीपले नै जितेको थियो । मुल्कोट खेलमैदानमा मंगलबार सम्पन्न भलिबलको फाइनल प्रतियोगितामा प्रगतिशील माध्यमिक विद्यालयलाई हराउँदै शिल्ड हातपारेको हो । तीन वर्ष लगातार शिल्ड जितेमा सदाका लागि दीर्घ प्रदीपले शिल्ड राख्न पाउने जनाइएको छ ।
सुनकोशी गाउँपालिकाद्वारा आयोजित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ गतेदेखि मुल्कोट खेलमैदानमा भएको थियो । विजयी विद्यालयको टिमलाई सुनकोशी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष सन्तोष दाहालले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
स्थानीय प्रदीप माझीका अनुसार भलिबल प्रतियोगितामा प्रगतिशील माध्यमिक विद्यालय द्वितीय र गणेश माध्यमिक विद्यालय मझुवा तृतीय भएका छन् । प्रतियोगितामा सुनकोशी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको शुभारम्म सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले गरेका थिए ।

Comments

comments