काभ्रेपलाञ्चोक जिल्लाकोशीपारी स्थित चौरीदेउरालीगाउँपालिकावडा नं. ३ मा रहेको सुनौलो विकास कृषि सहकारी संस्था लि.को दोश्रो साधारण सभा सम्पन्नभएको छ । एक वर्ष अघि २०७५ सालपौष २४ गते चौरीदेउराली गाउँपालिकामा पहिलो सहकारीको रुपमा दर्ता भएको यो सहकारीले स्थानीय कृषकहरुको बाक्लो उपस्थितिको बीच सोमबार दोश्रो साधारण सभा भव्य रुपमा सम्पन्न भएको हो ।
दिनेश शर्माको प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष शेरफ योञ्जनको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा विशेष गरी स्थानीय कृषकहरु शेयर सदस्यहरु, एवं अन्य शेयर सदस्य लगायतको सहभागीता रहेका थिए ।
चौरीदेउरालीगाउँपालिका मै पहिलो पल्ट दर्ता भएको कृषि सहकारीले एक वर्षको अवधिमा केही उल्लेखनिय योजना अनुसार कामगर्दै स्थानीय कृषकहरुलाई सदस्यता विस्तार गर्न सफल भएको छ । अन्य सहकारी भन्दा भिन्न अर्थात् कृषक वर्गलाई लक्षित गरि सञ्चालन हुँदै आएको यस सहकारी संस्थामा हालसम्म स्थानीयलाई मात्र शेयर वितरण गरेको छ ।
सुनौलो विकास कृषि सहकारी संस्थाका दोश्रो साधारण सभाका प्रमुख अतिथि दिनेश शर्माले सहकारीको विकास क्रम, सहकारीले सहकारीको भावना अनुरुप काम गर्दै अघि बढ्नु पर्ने बताएका थिए । “सहकारी भनेको सहकार्य गर्ने हो, सामुहिक काम गर्ने एक अर्कामा सहयोग गर्ने हो यही रुपमा चाल्न सके विकास र समृद्धि ल्याउन सकिन्छ” शर्माले भने, ‘सहकार्य गर्दै एकिकृत रुपमा अघि बढ्दै अगामीदिनहरुमा कृषक वर्गलाई लक्षित गर्दै कार्य योजना बनाई काम गर्नुपर्ने हुन्छ ।’
कार्यक्रममा वडाका विद्यालयबाट शिक्षक प्रतिनिधिहरु, महला समूह, महिला सहकारीका अध्यक्ष कृषक समूहका प्रतिनिधिहरु एवं विभिन्न संघसंस्था आदीबाट समेत बाक्लो सहभागिता रहेको थियो ।
कार्र्यक्रममा संस्थाका सचिव राजकुमार मोक्तानले कार्यक्रम सञ्चालनगर्दै संस्थाका सचिवको तर्फबाट प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष भोज बहादुर स्याङतानले संस्थाको आर्थिक गतिविधि एवं संस्थाको कोषको प्रतिवेदन, लेखा सुपरिवेक्षणका संयोजक तिलक प्रसाद चौलागाईले संस्थाको तर्फबाट लेखाका प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।