अञ्जली तामाङ
बनेपा । काभ्रे जिल्लाको भकुण्डेवेसीमा ‘दोस्रो नमोबुद्ध महोत्सव–२०७६’ हुने भएको छ । नमोबुद्ध उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवकोबारेमा विहिबार बनेपामा एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । महोत्सवको उद्घाटन सँस्कृति, पर्यटन तथा उड्यान मन्त्री योगेश भट्टराईले गर्ने आयोजकले बताएको छ ।
महोत्सव पर्यटन वर्ष २०२० र तामाङ समुदायका साँस्कृतिक पर्व सोनाम ल्होछारलाई लक्षित गरि आयोजना गरिएको संघका अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिए । ‘नमोबुद्ध उद्योग बाणिज्य संघको आयोजनामा नमोबुद्ध नगरपालिका वडा नं. ४ को नीजि जग्गामा यहीं २०७६ साल माघ ९ गतेदेखि माघ १९ गतेसम्म हुनेछ ।’ अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘पर्यटन वर्ष सन् २०२० र तामाङ समुदायको पर्व सोनाम ल्होछारलाई लक्षित गरी आयोजित व्यापारिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला तथा व्यापार मेला एवं नगरभित्रका छिमिकी माध्यमिक विद्यालय स्तरीय समूह र एक नृत्यु प्रतियोगिता समेतको आयोजना गर्ने छौं ।’

स्थानीय धर्म, सँस्कृति, रीतिरिवाज, कलासँस्कृति एवं उत्पादित बस्तुहरुको प्रचार प्रसार एवं जगेर्ना गर्ने र स्थानीय व्यापार व्यवसायमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको श्रेष्ठले बताए । ‘नमोबुद्ध उद्योग बाणिज्य संघ एक विशुद्ध व्यावसायिक संघ हो । यसले पर्यटन वर्ष २०२० र यस भेगमा रहेका धर्म सँस्कृति, रीतिरिवाज, कलासँस्कृति एवं उत्पादित बस्तुहरुको प्रचार प्रसार एवं जगेर्ना गर्ने र स्थानीय व्यापार व्यवसायमा टेवा पुर्याउने उद्देश्यले यो सुन्दर सानो उपत्यका भकुण्डेबेसीमा ११ दिने लामो महोत्सव मेला हुन लागेको छ ।’ उनले बताए ।
महोत्सवमा १ सय स्टल रहने
महोत्सवमा हाम्रा दैनिक उपभोगिय सामग्रीहरु एकै स्थानमा उपलब्ध गराइने उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘महोत्सव मेलामा १ सय विभिन्न स्टलहरु रहनेछन् । स्टलहरुमा लत्ताकपडा, विभिन्न कम्पनी, संघसंस्थाका स्टलहरु स्वास्थ्य शिविरका स्टलहरु, खेलकुदका सामग्रीहरु, दैनिक आवश्यकीय सामग्रीहरु उपलब्ध गराइने छ ।’ उनले भने, ‘यस्तै मनोरञ्जनका खेलहरु पनि समावेश हुनेछन् । खेलमा रोटे पिङ, नाउ, काररेस, ब्रेक डान्स, ड्राइगन, मिकीमाउस, विभिन्न जादु लगायतका वालमोरञ्जनका सामग्रीहरु यस मेलमा समावेश हुनेछन् ।’
कलाकारहरुको बजोड प्रस्तुती रहने
महोत्सवमा स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुबाट दैनिक रुपमा साँस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन् ।
१ लाख ५० हजारलाई अवलोकन गराउने लक्ष्य
आयोजकले करिब १ लाख ५० हजार जनाले महोत्सव अवलोकन गर्ने लक्ष्या राखेको छ । महोत्सवमा काभ्रे, सिन्धुली, रामेछाप लगायतका जिल्लाबाट सहभागीता हुने अपेक्षा राखेको श्रेष्ठले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।