बनेपा । सिभिल बैंक लि.मासम्मान बचत खाता खोल्ने आफ्ना ग्राहकलाई उपचार खर्च वापतरु. २३ हजार ८ सय रकम बराबरको चेक शुक्रबार बैंकको शाखा कार्यालय बनेपामा हस्तान्तर गरिएको छ ।
सिभिल बैंक लि. बनेपा शाखामा विगत ६ महिना अघि खाता खोलेका ग्राहक प्रकाश मानन्धरलाई उक्त चेक बैंकका शाखा प्रमुख सुरज धितालले हस्तान्तरण गरिएको हो । बैंकले हाल संचालनमा ल्याएको सिभिल सम्मान बचत खाता अन्तर्गत खाता खोलिएको ग्राहकले रु. ७ लाखसम्म दुर्घटना वीमा र वर्षमा रु.१ लाखसम्म उपचार खर्च दावीगर्न पाउने व्यवस्था रहेको छ ।
विभिन्न आकर्षक बचत योजनाल्याई ग्राहकको बचत तथा सेवामा समर्पित सिभिल बैंकले बचत योजनाहरुमा आकर्षक व्याज समेत प्रदान गरिदै आईरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।