काठमाडौं । नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको भव्य उद्घाटन गरियो । सिम्बोलिक फेसनको को पहिलो आउटलेट बैशाख १ गते देखि मैतिदेविमा सञ्चालनमा रहेको छ ।
सिम्बोलिक फेसनकोे दुवै आउटलेटहरुमा महिला, पुरुष तथा बच्चाहरूको लागि चाहिने बिभिन्न ब्रान्डका कपडा, जुत्ता तथाएसेसरिजहरु उपलब्ध छन् । साथै Nike, Adidas, Reebok, Erke जस्त उच्चगुणस्तरका ब्राण्डेड जुत्ताहरुको कलेक्सन समेत उपलब्ध छ । उक्त स्टोरका सामानहरु स्टोरका साथ साथै कम्पनीको अफिसियल फेसबुक पेजतथा ईन्स्टाग्राम मार्फत अनलाइनबाट समेत खरीद गर्न सकिनेछ भने देशैभरी घरैमा बसीबसी अर्डर गरी घर घरमा डेलिभरी दिने सेवा समेत उपलब्ध छन् । साथै Cash on Delivery, विभिन्न बैंक मार्फत भुक्तानी एवं ई वालेट ईसेवा, आई एम ई पे बाट समेत अनलाईन खरिदमा भुक्तानी गर्न सक्ने कम्पनिको CEO ले बताएका छन् । निकट भविष्यमा नै सिम्बोलिक फेसनको ई कमर्स पोर्टल symbolicfashion.com बाट समेत घरैमा बसि बसि सामान खरिद गर्न सक्नेछन् ।
स्टोरले आफ्ना ग्राहकहरूलाई उच्च–गुणस्तरयुक्त सामान उपलब्ध गराउने र ग्राहकको फेसन आवस्यकता पुरा गर्न सक्षम हुनेछ छ भन्ने कुरामा कलाकारद्वयले वानेश्वर शाखा उद्घाटनको क्रममा बताएका छन् । कलाकारद्वयले २०२० को अन्त्यसम्म थप तीनवटा आउटलेट खोल्ने कम्पनीको योजनालाई पनि हौसला प्रदान गर्नुका साथै सफलताका लागि बधाई तथा शुभकामना दिएका थिए ।
उद्घाटनको साथसाथै कम्पनीले २०७६ माघ ०३ गतेबाट माघ १७ गते सम्म १५ दिनको लागी “ग्रान्ड ओपनिङ फेस्ट” मनाउने भएको छ । यस अवधिभरि आउटलेटमा उपलव्ध सम्पूर्ण सामानहरुमा २५% ग्रान्ड ओपनिङ छुटदिने घोषण गरेको छ। साथै कम्पनीले सामाजिक संञ्जाल Facebook, Instagram मार्फत चेक–इन गर्नेहरूको लागि अतिरिक्त ५५ छुट कुपन प्रदान गरिनेर उक्त कुपनकम्पनीको दुबै आउटलेटमा प्रयोग गर्न सकिने बताएको छ ।
यसबाहेक, कम्पनीले दैनिक, साप्ताहिक, र मेगा लकी ड्रको पनि घोषणा गरेको छ । लकीड्रमा भाग लिनग्राहकहरूले कम्तिमा रु २,०००/– मूल्य बराबरको सामानहरू खरिद गर्नु पर्ने छ । दैनिक भाग्यशालीको छनोट प्रत्येक दिन अपराह्न ८ः३० बजे सिम्बोलिक फेसनको अफिसियल फेसबुक पेज बाट फेसबुक लाइभ मार्फत घोषित गरिनेछ। दैनिक लकी ड्र को विजेताले कम्पनीको कुनैपनि आउटलेटहरूमा अन्य सामान खरिदमा ४०% छुट पाउनेछन् ।
साप्ताहिक लकी ड्रका दुई विजेताहरूको माघ १० र माघ १७ मा घोषण गरिनेछ र विजेताहरूलेMI Band 4 प्राप्त गर्नेछन्। । त्यसैगरी मेगा लकी ड्र को तीन विजेता माघ १७मा घोषण गरिने र पहिलो विजेताले 32” Videocon LED TV, दोस्रो विजेताले Cubot Nova Smart Mobile र तेस्रो विजेताले रु ५,०००/– को गिफ्ट भौचर पाउने कम्पनिले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।