पोखरा । पर्यटकीय नगर पोखरामा दुईदिने अन्तर्राष्ट्रिय सेमिनार २०२० हुने भएको छ । सेमिनर नेपाल मार्शल आर्टस हाप्किडो संघ केन्द्रीय समितिको आयोजना आगामी माघ २०७६ माघ ११ र १२ गते हुने भएको हो ।
सेमिनारमा अमेरिका, अष्ट्रेलिया, रसिया, दक्षिण कोरिया, नेपाल लगायत विभिन्न राष्ट्रका प्रमुख ग्राण्ड माष्टर, मास्टर, अफिसियल तथा प्रशिक्षकहरुले नेपाली हाप्किडो खेलाडीहरुलाई विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पोखराको रंगशालाको कभर्डहलमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङका प्रमुख आतिथ्यमा हुने पहिलो अन्तर्राष्ट्रिय सेमिनारमा २० देखि २५ देशका ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक तथा खेलाडीहरु लगायत विभिन्न क्षेत्रका ६ सय जनाको सहभागीतामा हुनेछ ।
नेपालको तर्फबाट संघका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक कालिबहादुर घर्तिमगर र आठौ साफका गोल्ड मेडलिस्ट प्रकाश थापा मगरले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सार्थकता प्रदान गर्ने उद्देश्य सहित नेपाल मार्शल आटर््स हाप्किडो संघले मार्शल आर्टस खेल जगतमा हाप्किडोले अन्तर्राष्टिय पहिचान, आत्मरक्षा, अनुशासन र खेलकुदलाई थप टेवा दिने लक्ष्य रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।