डिलबहादुर थाेकर/चैत्र ६, बनेपा । काठमाडौं देखि काभ्रेसम्म चल्न शुरु गरेको मयूर यातायातलाई अवरोध गर्ने क्रम रोकिएको छैन । काठमाडौंको रिङ रोड देखि काभ्रे बनेपासम्म सञ्चालन शुरु गरेको यस याताातलाई काभ्रेली जनताले स्वागत गरिरहेको अवस्थामा गैरकानुनी रुपमा सिन्टीकेट लगाउँदै अवरोध सिर्जना गरेको हो ।

पनौति र धुलिखेल देखि काठमाडौंसम्म चल्ने यातायात व्यवसायीहरुले अवरोध सिर्जना गर्नेमात्र होइन, आक्रमण र तोडफोड समेत गरेको छ । मंगलबार पनि बा ५ ख २४७५ नम्बरको मयुर यातायातको गाडिको सिसा फुट्ने गरि आक्रमण गरेको छ । बनेपाको ४ दोबाटोमा प्रहरी तैनाथ गरेपनि बीचबाटोमा तोडफोड गरेको चालकले बताएकाछन् ।

मयूर यातायातको गाडि र सुरक्षाको लागि खडिएका सुरक्षाकर्मी

यहि चैत १ गते बाट सञ्चालन शुरु भएको मयूर यातायातलाई आफ्नो एक छत्र राज गरिरहेका काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिले काभ्रे जिल्लामा सञ्चालनमा आएका मयूर यातायातलाई धुलिखेल काठमाडौं रुटमा बाधा पुराईरहेका छन् । दुई वटा समितिको दादागीरी र सिन्डीकेट रहेको यस रूटमा मयुर यातायात प्रा.लिको वाइफाई सुविधा सहितको नयाँ बस अहिले बनेपामा आएपछि बाटो छेक्न सामितिका पदाधिकारी तैनाथ भएका छन् ।

नयाँ समितिको बस कोटेश्वर–लोकन्थली, कौशलटार, गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक, जगाती, साँगा, बनेपा हुँदै सोही सडक फिर्ता हुने गरी रुट तय गरेर रुट परमिट नेपाल सरकार यातायात विभागबाट स्विकृत लिई सञ्चालनमा ल्याएको मयूर यातायातका सचिव रामबहादुर केसीले जानकारी दिए । मयूरले यातायात व्यवस्था विभागको अनुमति पत्र नं ११०६ समेत बसको अगाडी भागमै उल्लेख गरेको उनले बताए ।

काभ्रे बस र काभ्रे मिनिबसद्धारा सञ्चालनमा अवरोध

मयूर यातायात प्रालिले नयाँ गाडि सञ्चालनमा ल्याएपछि काभ्रे बस र काभ्रे मिनिबसले मयूरका गाडि सञ्चालनमा अवरोध पु¥याउन छोडेको छैन् । चैत १ गते बिहिबार बाट सञ्चालन शुरु गरेको मयूर यातायात प्रालिलाई काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिका पदाधिकारीहरुले बनेपाको चारदोबाटोमा जम्मा भई नयाँ सुविधा सम्पन्न गाडीलाई रोक्ने र यात्रुहरुलाई चड्न नदिने बिहिबार, शुक्रबार र शनिबार यस्ता कार्य पछि सबै निकायबाट विरोध जनाएपछि अहिले गाडि पछाडिबाट ढुङ्गा हाने गरेको मयूर यातायातका सचिव रामबहादुर केसीले जानकारी दिएका छन् ।

आइतबार दिउसो बाइकमा आएका दुइ जनाले बनेपाबाट काठमाडौ गईरहेको बा ५ ख १५४३ नम्बरको मयूर यातायातको गाडिमा तोडफोड गरेको सचिव केसीले जानकारी दिए । बाइक ४४२६ नम्बरमा आएकाले गाडिमा ढुङ्गा हानेको उनले बताए । गाडिमा सवार यात्रुहरुलाई केही नभएता पनि गाडिको अगाडिको सिसा फुटेको सचिव केसीले जानकारी दिए । यस अवरोधका विषयमा काभ्रे बस र काभ्रे मिनि बसका अध्यक्षहरु सँग कुराकानी गर्न खोज्दा उनीहरु यस विषयमा फोनमा भन्दा पनि भेटेर कुराकानी गनुपर्ने भन्दै केही बोल्न चाहिनन् ।

चारदोबाटो बस स्टपमा अबरोध पु¥याउन राखिएको मोटरसाईकलहरु

काभ्रेली जनताको स्वागत
मयूर यातायात प्रालिले सञ्चालनमा ल्याएको गाडिलाई काभ्रेली जनताले आ–आफ्नो सामाजिक सञ्जालबाट स्वागत शुरु गरेका छन् । काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समाजसेवी कृष्णगोपाल भैलले मयुर बसको काभ्रे जिल्लामा सञ्चालनमा आएपछि उनले आफ्नो फेसबुक वालमा लेखेका छन ‘‘स्वागत गरौं सम्पूर्ण बनेपा बासीका तर्फबाट, काभ्रेको बनेपाबासीहरुलाई खुशिको खबर ।’ उनले लेखेका छन् ‘आजबाट मयूर यातायातको काठमाडौंको चक्रपथ परिक्रमा गदै बनेपा सम्म नयाँ बस सेवा शुरु यसलाई सबैको सहयोग जरुरी छ ।’

उनी मात्र नभई आम काभ्रे बासीले काभ्रे बस र काभ्रे मिनिबसको दादागिरी तोड्न सफल भएकाले यसलाई निरन्तर दिन समेत आ–आफ्नो सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गरेका छन् ।

सिन्डिकेट लगाउन पाईदैनः प्रजिअ
नेपाल सरकार यातायात विभाग मार्फत दर्ता र रुट परमिट प्राप्त गरेका यातायात सेवालाई कसैले पनि सिन्डिकेट लगाउन नपाउने प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले बताए । नेपाल सरकारले दिएको रुट परमिट हेरेर हामीले यातायात सञ्चालन गर्न दिने हो ।

उहाँहरुले सबै कानुनी प्रक्रिया पु¥याउनु भएको छ । उहाले आफ्नो यातायात सञ्चालन गर्न पाउनु हुन्छ । सिन्डिकेट प्रथा लगाउन खोजे कानुन बमोजिम कारर्वाही गर्ने समेत उनले बताए ।

के भन्छन मयूर यातायात प्रा लि

मयूर यातायात प्रालिले नेपाल सरकार यातायात विभाग र यातायात कार्यालयबाट स्किृत ल्याएर गाडि सञ्चालनमा ल्याएको बताएको छ । प्रालिका सचिव रामबहादुर केसीका अनुसार आफूहरुले राज्यलाई तिर्नुपर्ने कर तिरेर कानुनी रुपमा काभ्रे जिल्लामा प्रवेश गरेको बताएका छन् ।

‘हामी कुनै पनि हालतमा पछि नहट्ने भन्दै हामीलाई काठमाडौ देखि काही पनि रोक नहुने काभ्रेको बस व्यवसायले किन रोक्न खोजेको हामीले बुझ्न सकेका छैनौं ।’ केसीले भने– ‘हामीले अहिले शुरुमा ६ वटा गाडि बाट शुरुवात गरेका छौं, हामी केही दिनमा यस रुटमा २४ वटा गाडि पु¥याउने छौं ।’

उनले काठमाण्डौँबाट ४० रुपैया भाडा निरर्धारण गरिएको र अपाङकता भएका र जेष्ठ नगारिकलाई निःशुल्का र विद्यार्थीहरुलाई नेपाल सरकारले तोकेबमोजिमका छुटको व्यवस्था गरिएको बताए । बिहान ६ बजेबाट सञ्चालन हुने बस बेलुकाको ९ बजेसम्म सञ्चालन हुने उनले बताए ।

लौ हुर्नुहोस् भिडियो

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।