अशोक बुद्ध लामा
रोशी । तामाङ समुदायको साँस्कृतिक पर्व २८५६ नाम्युङ ल्हो सोनाम ल्होछारको अवसरमा काभ्रेको रोशीमा तीन दिने ल्होछार कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष डिबी लामा मोक्तानले टुडिलेखलमा ल्होछार मनाउने दिन गएको बताएका छन् । रोशीमा तामाङ सामुदाय मात्रै नभएर अन्य समुदायले समेत ल्होसार पर्वलाई जगेर्ना गर्न तयार रहेकोमा खुसी व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले हाम्रो जात रहे संस्कृति रहने र हामी रहने बताउदै हाम्रो संस्कृति जगेर्ना गर्न घरघरबाट कदम चाल्नुपर्ने बताउदै रोशीमा रहेका हरेक जातजातीको संस्कृति जगेर्ना गर्न रोशी सरकार तयार रहेको बताएकाछन् ।
रोशी गाउँपालिकाको सहयोग र वरपिपल युवा क्लबको संयोजकत्वमा रोशीमा आयोजित ल्होछारको तेस्रो तथा अन्तिम दिन उक्त कुरा बताएका हुन् ।
रोशी गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत डम्वरु दाहालले नेपालमा विविध संस्कृति, संस्कार रहेकोले यसको जगेर्ना गर्न राज्यले मात्रै नभएर सबैले आ आफ्नो स्थानबाट संरक्षण गर्नुपर्ने बताए ।
रोशी गापा वडा नम्बार १० का वडा अध्यक्ष दुधराज तामाङले रोशी गापाले संस्कृति जगेर्ना गर्ने काम गरेकोमा गर्व गर्दै अब ल्होछारलाई घरघरमा मनाउनुपर्ने बताए ।

रोशी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मिलन लामाले रोशी गाउँपालिकाले ल्होछारको अवसरमा हरेक वर्ष तीन दिन सार्वजनिक विदा दिदै आएको र ल्होछार पर्वको अवसरमा ३ दिन सार्वजनिक विदा दिने रोशी गाउँपालिका नेपालकै पहिलो गाउँपालिका भएकोले खुसी व्यक्त गरेका छन् । रोशी गाउँपालिकामा डम्फु पार्क रोशी वडा नम्बर ११ मा निर्माणका लागी ४० रोपनि जग्गा दिइएको र डम्फू पार्कले तामाङको कला संस्कृति जगेर्ना हुने बताएका छन् ।
रोशी गापा १२ नम्बर वडा अध्यक्ष राम लामा काठमाडौंमा गएर ल्होछार मनाएको प्रचलन कम भएर गाउँगाउँमा मनाउने गरेकोमा गर्व लागेको बताए ।

नेपाल मगर बौद्ध समाज ३ नम्बर प्रदेशका अध्यक्ष साधुराम मगरले ३ नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ नभएकोमा दुख व्यक्त गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















