दक्षिण कोरिया । नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा आयोजित सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२० शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ ।
तामाङ समुदायको सांस्कृतिक पर्व २८५६ औं फाग ल्होलाइ बिदाइ तथा २८५६ औं जिवा ल्हो (मुसा वर्ग) को स्वागत गर्दै सोनाम ल्होछार कोरियामा पनि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना भएको थियो ।

लामा गुरुहरुले सामुहिक पूजापाठ शुरूवात भएको कार्यक्रम औपाचारिक पश्चात सांस्कृतिक कार्यक्रममा रमाइलो गरेर मनाएका थिए ।
नेपाल तामाङ संघ दक्षिण कोरियाको अध्यक्ष मेघप्रसाद वाइबा तामाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अध्यक्ष युगेल तेण्डुप शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष दिपक पुन, आदिवासी जनजाती महासंघ कोरियाका निवर्तमान अध्यक्ष चित्रबहादुर मोक्तान, एनआरएए कोरियाका उपाध्यक्ष सोम वाइबा तामाङ, सचिब राजकुमार स्याङतान, एनसिसी दक्षिण कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रदेश नं ३ एकता समाजका अध्यक्ष किशोर ब्लोन नियोग सँगै विभिन्न जातीय संस्था र क्षेत्रीय संस्था प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
त्यसैगरी अनौपचारिक सांस्कृतिक कार्यकममा भारतबाट आमन्त्रित द भ्वाइस अफ नेपाल सिजन-२ का प्रतिस्पर्धी बैशाली लामा, लण्डनबाट आमन्त्रित गायिका देशकुमारी तामाङ र नेपालबाट आमन्त्रित रोशन फ्युबा तामाङले बेजोड सांगीतिक प्रस्तुती दिएर सहभागीलाइ मनोरञ्जन दिलाएका थिए ।

साथमा कोरियामै आफ्नो कर्मभूमी बनाएका डोमा योञ्जन र मनिराज घलानले नृत्य प्रस्तुति दिएका थिए । त्यसपछि कोरियामै रहेका युनिक दोङ, ज्ञान लामा, सूर्य रूम्बा, मिलन दोङ, छेडुप लामाको गीतले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
























