काठमाडौं । पहिचान विरोधीहरुलाई बहिस्कार गर्दै टुँडिखेलमा भब्य रुपमा ल्होछार महोत्सब मनाइएको छ । राष्ट्रिय ल्होछार मूल आयोजक समितिले टुँडिखेलमा आयोजित ल्होछार तथा तामाङ सांस्कृति महोत्सवमा प्रदेश नामाकरणमा आफ्नो पहिचान नै सक्ने काम भएको भन्दै उनीहरुले पहिचान विरोधी नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रममा निमन्त्रणा नै दिएका थिएनन् ।
सदाका वर्षमा टुडिखेलमा प्रधानमन्त्री वा अन्य कुनै मन्त्री राष्ट्रपतिबाट उद्घाटन गरिने कार्यक्रममा जम्मा एक जना नेता बाहेक अन्य कसैलाई आमन्त्रण सम्म पनि गरिएन ।
कार्यक्रममा आमन्त्रीत नेता भने बागमती प्रदेशका सांसद प्रेम तामाङ मात्र थिए । उनले आफूहरुले ताम्सालिङ प्राप्तिको निमित्त रगत बगायौं तर आज हामीलाई खाली हात पारे यसको आफू जहिले विरोध गर्ने उनको तर्क थियो । शासकहरुले हामीमाथि राजनीति गरे र हाम्रो पहिचान मेटाउन लागी परे ‘म पार्टी छोड्छु तर तामसालिङ छोड्दिन उनले बताए ।
तामाङहरु कमजोर छैन, अहिलेसम्म तामाङले हारेको इतिहास नरहेको बताउँदै कोमामा भएको तामसालिङ एक दिन अवश्य आउने उनले बताए ।
टुडिखेलमा आयोजित ल्होछारमा तामाङ समुदायको संस्कृति, भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी गरिएको थियो । तामाङ समुदायका विभिन्न संगठनहरुले सांस्कृतिक झाँकीसहित नगरपरिक्रमा गर्दै कार्यक्रम थालनी गरिएको थियो ।
३दिन सम्म भएको कार्यक्रममा तामाङहरुका विभिन्न भेष भुषा कला संस्कृति एवं विभिन्न खानाका स्टलहरुको ब्यवस्था गरिएको छ । देश भरबाट जम्मा भएका पहिचानबादीहरुले भब्य एवं सभ्य रुपमा ल्होछार मनाएका थिए ।
कार्यक्रममा उपस्थित भएका हरेक सदस्यले देशका कुना काप्चा सम्म पनि आफूहरुले पहिचानबादीहरुको विरोध गर्दै बहिस्कार अभियान नै चलाउनु पर्ने बताएका थिए ।३ दिन भएको कार्यक्रम माघ १० गते ल्होछार कप फुटबल र इभबाट सुरुवात गरेको ल्होछार ११ गते उद्घाटन र १२ गते बृहत सांस्कृतिक कार्यक्रम गरि सम्पन्न गरेका छन् ।साँस्कृतिक कार्यक्रम उपसमिति तथा तामाङ चलचित्र संघको संयोजकत्वमा भएका थिए।
पहिचान विरोधी बहिस्कार गर्दै टुँडिखेलमा भब्य रुपमा ल्होछार महोत्सब
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























