पनौती । काभ्रेको पनौती–४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. २५ वर्ष पूरा गरेर २६ वर्षमा प्रवेश गरेको छ । मंगलबार संस्थाले आफ्नो २६ औं स्थापना दिवस भव्यताका मनाएको छ ।
यस सहकारीले बिगत २५ देखि समुदायमा आधारित रहि सदस्यहरुको आर्थिक सामाजिक सास्कृतिक संबृद्धिमा निरन्तर लागि परेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।
आफ्नो २६ औं स्थापना दिवसको अवसरमा बिभिन्न विधामा उच्च स्थान हासिल गर्न सफल सदस्यहरु सम्मान, पूर्व सञ्चालक सम्मान, जेष्ठ सदस्य सम्मान, पूर्व कर्मचारी सम्मान, छात्रबृति वितरण तथा एस.ई.ई. सम्मान, वर्षको उत्कृष्ठ कर्मचारी सम्मान समेत गरेका थिए ।
विविध साँस्कृतिक कार्यक्रमका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत ने.रे.सो.को प्राविधिक सहयोगमा रक्तदान तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा सुगर पे्रशर परिक्षण शिविर सञ्चालन गर्दै माननीय संघीय सांसद श्री
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य सांसद गंगा बहादुर तामाङ (बमध्वज)ले यस संस्था सहकारी अभियानको उदाहरणको रुपमा लागिपरी जिल्लाभरि नै आफ्नो सेवा उत्कृष्ट रुपमा प्रदान गरिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरको यस संस्थाले जिल्लाका सवै स्थानिय तहमा सहज र सरल रुपमा सेवा पुर्याउन छिट्टै सफल होस भन्ने शुभकामना ब्यक्त गरेका थिए ।
त्यसैगरि विशिष्ट अतिथि माननिय प्रदेश सभा सांसद बसुन्धारा हुमागाईले सामुदायिक सहकारीमा आफूपनि सदस्य रहेको उल्लेख गर्दे जिल्ला, देशमा मात्र नभै एसियाली स्तरमै अब्वल रुपमा परिचित यस संस्थाका संञ्चालक तथा कर्मचारीहरुले दिर्घकालिन सोच र योजनाका साथ सदस्य हित र सामाजिक हितमा कार्य गर्दै आइरहेको र यहि क्रमले कार्य गर्दै गएमा संस्थाको दिगो लक्ष्य प्राप्ति गर्न कुनै कठिनाई नहुने उल्लेख गर्दे संस्थाका हरेक कारोवार र कृयालापहरु प्रति आफू सन्तुष्ट रहेको बताए ।
मन्तब्यकै क्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले यस संस्था सदस्य केन्द्रित भएर सञ्चालक तथा ब्यवस्थापनले गरेको मेहनतले नै यो अवस्थामा आइपुगेको बताए संस्था एसियाली स्तरकै अब्वल संस्थाहरु मध्येमा भएकोले पनि संस्था सवल र सुरक्षित रहेको पुष्टि भएको जानकारी गराउँदै यो सहकारी संस्थाको छुट्टै पहिचान र विशेषता रहेकोले सदस्य हितलाई प्रमुखतामा राखि कार्य गर्ने मात्र नभै सदस्यलाई नाफाको अंशलाई बोनस र कारोवारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण समेत गर्ने गरेकोले सदस्य नै यसका मालिक हुन् भन्ने कुरा बुझेर सहकारी संस्था बैक भन्दा फरक र सदस्य मैत्रि रहेको चर्चा गरे ।
स्थापना दिवस कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोद पराजुली, पनौती न.पा. का उपप्रमुख गिता बन्जारा, बागमती प्रदेश विकास समिति सदस्य कुमार थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले संस्था परिचय, वर्तमान अवस्था र संस्थाले प्रदान गर्ने सेवा सुविधाका बारेमा चर्चा गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गरेका थिए ।
२६ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए भने रक्तचाप तथा सुगर परिक्षण शिविरमा ९८ जनाले परिक्षण गराई सेवा लिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























