बेथानचोक । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ५, च्यासिंखर्कबाट पनि विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले सेवा प्रारम्भ गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त यस सहकारी संस्था लि.ले सदस्य सेवालाई ग्रामिण स्तरमै पु¥याउने उदेश्यका विहिबारबाट सेवा शुरु गरेको हो ।
सहकारी संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम बेथानचोक गाउँपालिका वडा नं ५ का वडाध्यक्ष खजेञ्ची वहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सोही अवसरमा संस्थाले संस्थाको गतिविधि तथा विद्यमान नीति नियम सदस्यमाझ पु¥याउने उदेश्यले सदस्य विस्तारित भेला समेत भएकोे थियो । संस्थाका प्रमुख व्यवस्थापक के.वि लामा स्याङतानले उपस्थित सदस्यहरुलाई संस्थाको नीतिगत व्यवस्था तथा हिजोसम्मको संस्थाको आर्थिक गतिविधिवारे जानकारी गराएका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरु लगाएत संस्थाका संचालक समिति सदस्य गोविन्द प्रसाद अधिकारी, भिम वहादुर के.सी, शिक्षा उप समिति सदस्य, केदार वहादुर क्षेत्री, लघुवित्त उपसमिति सदस्य बुद्धिमाया तामाङ, सेवा कार्यालय व्यवस्थापन उपसमिति पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संचालक समिति सदस्य गोविन्द प्रसाद अधिकारीले गरेका थिए भने संचालन सेवा कार्यालय ढुंखर्कका कार्यालय व्यवस्थापक राजेन्द्र बन्जाराले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।