सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका नेपालीहरुले सोनाम ल्होछारको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको आयोजनामा हुन लागेको उक्त साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक दिलकुमार तामाङले तेमाल अनलाईनलाई बताए ।
‘तामाङ भाषा, धर्म, सँस्कृति, परम्पराको संरक्षण गरौं, २८५६ औं जिवा ल्हो (मुसा वर्ग) सोनाम ल्होछार भव्यताका साथ सफल पारौं’ साँस्कृतिक कार्यक्रम हुन लागेको हो । संयोजक तामाङका अनुसार कार्यक्रम यहीं फेब्रुअरी ७ तारिखका दिन विहान १० बजेदेखि ७ बजेसम्म नवरोज हल, कुर्दिस्तान, अर्विल हुने भएको छ ।
आयोजकले २५ हजार डिनर टिकटदर समेत तोकिएको तामाङले जानकारी दिए । उनका अनुसार कार्यक्रमलाई उत्साह र रमाईलो बनाउन नेपालबाट चर्चित गायकहरु राजुल लामा र विश्व दोङ इराक आउने छ । साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको छ ।
आयोजकले इराकमा रहेका सबै नेपालीहरुलाई ल्होछार कार्यक्रमलाई उत्सवको रुपमा मनाइने भएको हुँदा उपस्थितिको लागि समेत अनुरोध गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।